मर्दिसेति डटकमद्वारा खेलाडी सम्मान

मर्दिसेति डटकमद्वारा खेलाडी सम्मान

पोखरा । माछापुच्छ्रे मिडिया एण्ड मल्टिपर्पोज प्रा.लि.ले खेलाडीहरूलाई सम्मान गरेको छ । पाँचौँ पोथाना कप ७–ए–साइड फुटबल प्रतियोगितामा प्रा.लिद्वारा प्रकाशित अनलाइन समाचार पोर्टल मर्दिसेति डटकम समूह उपविजेता बनेपछि खेलाडीहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा टिम कोच कृष्णमान श्रेष्ठ, टिम क्याप्टेन सौरव कार्की तथा खेलाडीहरू विकल भण्डारी, राज क्षेत्री, सरोज दाहाल, राजन केसी, अलिस बुढाथोकी, एञ्जल कुँवर, समीर कुँवर, सागर नेपाली र सोहित थापा मगर रहेका छन् ।

प्रा.लिले शनिबार एक कार्यक्रमको आयोजना गरी खेलाडीहरूलाई नगद तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ स्थित पोथना सेतीग्रहा खेलमैदानमा हालै सम्पन्न फाइनल खेलमा मर्दिसेति डट कम अनलाइन न्यूज पोर्टल समूह विट कपसँग ४–१ गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । उपविजेता मर्दिसेति समूहले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गण्डकी प्रदेश महिला फुटबलका मुख्य प्रशिक्षक सुविन श्रेष्ठले माछापुच्छ्रे मिडिया एण्ड मल्टिपर्पोज प्रा.लिले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उल्लेखनीय काम गरेको बताए । उनले आगामी दिनमा खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

त्यस अवसरमा माछापुच्छ्रे मिडिया एण्ड मल्टिपर्पोज प्रा.लिका सल्लाहकार प्रकाशचन्द्र सापकोटाले सूचना प्रविधिसँगै खेलकुद क्षेत्रमा पनि सक्रिय हुँदै खेलाडीलाई प्लेटफर्म प्रदान गर्नु सकारात्मक पक्ष भएको बताए ।

हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले प्रा.लिले गर्ने हरेक गतिविधिमा आफ्नो तथा संस्थाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।

माछापुच्छ्रे मिडिया एण्ड मल्टिपर्पोज प्रा.लिका अध्यक्ष निराजन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेमजा युनाइटेडका सदस्य मनोज त्रिपाठीले स्वागत मन्तव्य राखेका थिए भने मर्दिसेति डट कमका सम्पादक विष्णु प्रसाद दाहाल ‘आभास’ले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो पनि पढ्नुहोस् :  ५१ किलो अफिमसहित १ जना पक्राउ

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20325, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   8   =  

Protected by Spam Master