एनपीएल–२ ट्रफीसहित दाङमा लुम्बिनी लायन्सको विजय उत्सव

दाङ- नेपाल प्रिमियर लिग (एनपीएल)–२ को ट्रफीसहित लुम्बिनी लायन्सको टोलीले आज दाङको तुलसीपुर र घोराहीमा विजय उत्सव मनाउँदै बजार परिक्रमा गरेको छ।
दाङको घोराहीस्थित ट्राफिक चोकबाट सुरु गरिएको ट्रफी परिक्रमा बजार क्षेत्र हुँदै गुलरियामा रहेको क्रिकेट मैदानमा पुगेर टुङ्गिएको थियो। ट्रफीसहित मैदानमा पुगेको टोलीले स्थानीय खेलाडी तथा क्रिकेट प्रेमीहरूको उत्साह बढाएको थियो। ट्रफी अवलोकनका लागि खेल प्रेमी, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
आन्तरिक क्रिकेटको ठुलो धनराशिसहित सम्पन्न नेपाल प्रिमियर लिग–२ को उपाधि जितेको लुम्बिनी लायन्सले प्रदेशभर ट्रफी टुरमार्फत विजय उत्सव मनाइरहेको छ। यसअघि नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा पूजा अर्चना गरी बर्दियाको गुलरिया र बास गढी बजारमा ट्रफी परिक्रमा गरिएको थियो।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ट्रफी पुर्याउने कार्य तालिका अनुसार हिजो दाङ, आज रोल्पा हुँदै रुकुमपुर्व जाने कार्यक्रम रहेको नेपाल क्रिकेट सङ्घ क्यानका केन्द्रीय सदस्य प्रदीप मज्गैयाले जानकारी दिनुभयो।
यद्यपि, ट्रफीसहित खेलाडीहरू उपस्थित नभएकामा केही स्थानमा स्थानीयले खल्लोपन महसुस गरेका छन्। मौसम खराबीका कारण हवाई सेवा अवरुद्ध हुँदा लुम्बिनी लायन्सका खेलाडीहरू ट्रफी टुरमा सहभागी हुन नसकेको जनाइएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








