काठमाडौं मेडिकल कलेजमा चिरफारबिनै मस्तिष्क रक्तस्रावको दुर्लभ उपचार

काठमाडौं, ७ पुष । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्धारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मस्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाईरहकी महिलाको बिनाशल्यक्रिया सफलतापूर्वक उपचार गरेर नयाँ जीवन प्रदान गरेको छ ।
ताप्लेजुङकी ५२ वर्षीया राधिका लिम्बुलाई केही दिनअघि निकै गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले केएमसीमा रेफर गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलबाट एम्बुलेन्समार्फत अस्पताल आईपुग्दा उनको मस्तिष्कमा धेरै रगत जमिसकेको थियो । अवस्था यस्तो थियो कि उपचारमा केही घण्टा मात्रै ढिलो भएको भए ज्यान तलमाथि पर्नसक्दथ्यो । एनजीओग्राफी उपचार गर्दागर्दै नशा फुटेको अवस्थामा सफल उपचार गरिएको यो नेपालको दुर्लभ घटना हो ।

नेपालको सन्दर्भमा डीएम न्योरोईन्रभन्सनिष्ट र बाई प्लेन क्याथल्याब प्रविधि काठमाडौं मेडिकल शिक्षण अस्पतालमा मात्रै उपलब्ध छ । केएमसीमा ल्याईपुर्याउनेबित्तिकै न्यूरो ईन्टरभेन्सनिष्ट एवं इण्डोभास्कुलर स्ट्रोक विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा राधिकको उपचार सुरु भएको थियो । त्यतिबेलासम्म पनि बिरामीको मस्तिष्कमा रक्तस्राव भईरहेको थियो । त्यसपछि डाक्टरले बिरामीको खुट्टामा सानो प्लाव पारे र धमनीबाट तार अनि मसिनो पाइप छिराई मस्तिष्कको फुटेको बेलुनसम्म (एनुरिज्म) पुर्याएर रगतको प्रवाह आवश्यक दिशामा पुर्याए । औषधि विज्ञानको भाषामा यो प्रक्रियालाई फ्लो डाईभर्टर एण्ड कोइलिङ भनिन्छ । मस्तिष्कमा रक्तस्राव भएका बिरामीको उपचारमा यो प्रविधि नै महत्वपूर्ण मानिन्छ । त्यसपछि रगतको प्रवाह सही दिशामा हुन थाल्छ र रक्तस्राव बन्द हुन्छ ।

उता रगत जमेको बेलुन बिस्तारै सुक्दै जान्छ अनि केही समयपछि हराएर जान्छ । कुनै ठूलो चिरफार नगरी अन्तत साढे दुई घण्टाको डाक्टरहरुको अथक प्रयास सफल भयो र राधिकाले नयाँ जीवन पाईन् । यस्तो दुर्लभ उपचारपछि अस्पतालको आईसीयूमा स्वास्थ्यलाभ गर्दै घर फर्कने तयारी गरिरहेकी राधिकाले खुशी हुँदै अस्पताल तथा उपचारमा संलग्न डाक्टर तथा नर्सहरुलाई धन्यवाद दिएकी छिन् ।
आमाको सफल उपचारपछि छोरी अनुशासको भनाई
यो प्रविधिबाट उपचार गर्दा कुनै दाग बस्दैन । छोटो समयमै बिरामी सामान्य अवस्थामा फर्कन्छ । अस्पतालको बसाई छोटो हुन्छ भने उपचार पनि सफल हुने दर बढि हुन्छ । उपचारको प्रभावकारिता धेरै हुन्छ । साथै, शल्यक्रिया गर्न नमिल्ने दीर्घरोगी बिरामीको उपचारपनि यो प्रविधिबाट गर्न सकिन्छ । र उपचारमा लामो समय खर्च गर्न पर्दैन् ।
यस्तो प्रविधिबाट उपचार गर्न यसअघिसम्म विदेश जानुपर्ने बाध्यता थियो । तर, केएमसीमा यो सुविधा उपलब्ध भएपछि नेपालमै सम्भव भएको छ । काडमाडौं मेडिकल कलेज नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्धारा सञ्चालित संस्था हो । डा. शर्मा पछिल्ला वर्षहरुमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण आफ्नो निर्वाचन क्षेत्रमा मात्र होईन देशभरि उत्तिकै लोकप्रिय छन् । डा. शर्मा आगामी प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेसबाट सिफारिश हुने पहिलो व्यक्ति हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान








