‘मिरमिरे’ को शीर्ष गीतमा त्रिकोणात्मक प्रेमकथा

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै रहेको छ ।
सार्वजनिक गीत ‘मिरमिरे भो’मा को भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा छ । सिर्जनाको सुन्दरतामा मोहित भएका दयाहाङ र प्रकाशलाई देखाएको छ । यो गीतले चलचित्रमा त्रिकोणात्मक प्रेम कथा पनि रहेको संकेत गरेको छ, जुन यो चलचित्रको टिजरमा पनि देखिएको छ ।
माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’मा बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरीको पात्र शाइसा गौचनले निभाएकी छन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार २०:४९कमेडी दरबार’ सिजन ३ सुरु, नयाँ कलाकार र सेटसहित फर्कियो शो
समाचार२०८३ बैशाख १, मंगलवार १९:४९धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल र महासचिवमा अर्याल निर्वाचित
समाचार२०८३ बैशाख १, मंगलवार १८:४२अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
खेलकुद२०८३ बैशाख १, मंगलवार १४:०७ऊर्जा मन्त्रालयले तयार गर्यो नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा








