राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि

काठमाडौँ, १० पुसः ।शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब सहभागी हुने जानकारी दिए ।
नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता टोलीलाई रु पाँच लाख प्रदान गरिनेछ । त्यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार प्राप्त गर्नेछ भने तेस्रो हुनेले रु एक लाख २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई रु ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही रु २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
उक्त नवौँ संस्करणको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई रु ५० हजार नगदसहित शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित गरिनेसमेत आयोजकका अध्यक्ष रञ्जन खड्काले बताए । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ४० लाख लाग्ने आयोजकले जनाएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार २०:१२नविनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले भोलि शपथ लिने
समाचार२०८२ चैत्र १०, मंगलवार १७:१२गण्डकी भित्तेपात्रो–२०८३ विमोचन तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न
समाचार२०८२ चैत्र १०, मंगलवार १६:५०कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
समाचार२०८२ चैत्र १०, मंगलवार ११:४३सुन तोलामा एक हजार छ सयले घट्यो








