‘परिवर्तन’ को पहिलो गीत सार्वजनिक,सुशील र अञ्जनाको छमछमी

‘परिवर्तन’ को पहिलो गीत सार्वजनिक,सुशील र अञ्जनाको छमछमी


काठमाडौं। आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो रिलिज गरेको हो। ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली छमछमी नाचेका छन्। दुवैको केमेस्ट्री मिलेको देखिन्छ। लोकलयमा आधारित यस गीतको भिडियोमा लभस्टोरी बुनिएको छ।

यस गीतको भिडियोमा उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाएका हुन्। भने शिव ढकालले खिचेका छन्। एसडी योगी र रेश्मा पुनको आवाजमा रहेको यस गीतमा संगीत गायक योगी कै रहेको छ। गीतको शब्द रचना भने मौसम अर्यालले लेखेका हुन्। दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा अभिनेता सुशील श्रेष्ठ,अभिनेत्री अञ्जना बराईलीका अलवा सरोज खनाल,करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्मलाई विजय केरूङले निर्देशन गरेका छन्। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत रहने यो फिल्ममा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ। फिल्मलाई वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘गौँथली’ को पोस्टरमा अरुण र सिम्रनको विवाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   10   =  

Protected by Spam Master