क्षत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

क्षत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

धादिङ,१० पुस

धादिङमा क्षत्री महिला समाज गठन गरिएको छ।धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–३ मा क्षत्री महिलाहरूको हकहित संरक्षण, सशक्तिकरण तथा सामाजिक एकताको उद्देश्यसहित क्षत्री महिला समाज, धादिङ गठन गरिएको हो । भेलाबाट सर्वसम्मत रूपमा दुर्गा अधिकारी अध्यक्षमा चयन हुनु भएको छ। त्यसैगरी उपाध्यक्षमा साबित्रा कंडेल, सचिवमा बिनु सिंखडा, सह-सचिवमा सपना अधिकारी तथा कोषाध्यक्षमा निलम थापा भण्डारी चयन हुनु भएको छ।

यसैगरी सदस्य तर्फ सजना थापा,जमुना भण्डारी,नमिता थापा, निशा थापा अधिकारी, दुर्गा ढुङ्गाना,सानुमैया थापा,सावित्री भण्डारी,भिम कुमारी कुंबर,चिनिमैया थापा,र अम्बिका लामिछाने गरि १० जना सदस्यहरु चयन हुनुभएका छन् । यसैगरि बरिष्ठ सल्लाहकार रेखा पण्डित अधिकारीको सद्स्यताका चित्रकुमारी भण्डारी,भगबति अर्याल,अप्सरा पाण्डे र सीता कार्की गरि ५ जना सल्लाहकार समितिमा चयन हुनुभएका छन् । नव निर्वचित समितिका अध्यक्ष अधिकारीले भेलालाई सम्बोधन गर्दै क्षेत्री महिलाहरुको शसक्तिकरणको लागि विभिन्न तालीमहरुको आयोजना गरिने र समय समयमा क्षेत्री महिला समाजका हकहितका अभियानहरु सञ्चालन गरिने बताउनुभयो । साथै उहाँले नयाँ समिति अनि आफूले पाएको पदको जिम्मेवारीले उत्साहित हुनुका साथै समितिलाई सहि ढंगले अगाडी बढाउँदै लैजानको लागि चुनौती थपिएको महसुस भएको बताउनुभयो । कार्यक्रममा सहभागी सबैले क्षेत्री महिला समाजको उद्देश्य अनुरुप एकजुट भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  २ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   2   =  

Protected by Spam Master