निशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित

दमौली (तनहुँ), ११ पुस । शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।
शिविरमा भिडियो एक्सरे, इसिजी, पिएफटी, ल्याब परीक्षण र निःशुल्क औषधि सेवा उपलब्ध गराइएको थियो । पेट, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसुती, छाला तथा यौन रोग सम्बन्धि सेवा दिइएको ढोरफूलबारी सहिद अस्पतालका प्रमुख डा। विज्ञान क्षेत्रीले जानकारी दिउ ।
उन्का अनुसार शिविरबाट महिला, ज्येष्ठ नागरिक शिविरबाट लाभान्वित भएका छन् । शुक्लागण्डकी नगरपालिका–१०, ११ र १२ का विभिन्न गाउँबाट बिरामी स्वास्थ्य परीक्षणका लागि आएका थिए । यस्तै स्याङ्जाको हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकाका गाउँबाट समेत शिविरमा आएर सेवा लिएको उनले बताए ।
शिविरमा पेट, मुटु, छाती, सुगर, थाइराइड रोग विशेषज्ञ डा। कृष्णराज अधिकारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा मेघराज लामिछाने, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा सुनिता सिलवाल, छाला तथा यौन रोग विशेषज्ञ डा। रमेश शर्मा, एमडिजिपी डा रविबहादुर गुरुङ, डा। विज्ञान क्षेत्री र रेडियोलोजिष्ट डा सन्तोष बरालले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग









