चलचित्र ‘एक्लो–१’ जनवरी ८ मा मध्यपूर्वमा प्रदर्शनहुने तय

काठमाडौँ । फरक धार र नयाँ प्रस्तुतीका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ यही जनवरी ८ देखि मध्यपूर्वका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ। यूएई, कतार र बहराइन भरका सिनेमा हलहरूमा रिलिज हुन लागेको यस चलचित्रले दर्शकलाई एक्सन, ड्रामा र भावनाले भरिएको अविस्मरणीय अनुभव दिने निर्माण पक्षको दाबी छ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढंगले प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको ‘एक्लो–१’ ले कथा, प्रस्तुति र प्राविधिक पक्षमा नयाँपन ल्याउने अपेक्षा गरिएको छ। विशेषतः विदेशमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै एकैसाथ तीन मुलुकमा प्रदर्शन हुन लाग्नुले चलचित्रप्रतिको उत्साह अझ बढाएको छ।
फरक धारको कथावस्तु र सशक्त निर्माणका कारण ‘एक्लो–१’ ले मध्यपूर्वका नेपाली दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने विश्वास गरिएको छ। चलचित्रको यूएई, कतार र बहराइन भरका सिनेमा हलहरूमा प्रदर्शनको जिम्मा हरी मोक्तानको टिमले लिएको छ। सोहि दिन चलचित्र क्यानाडा लगाएत अन्य थुप्रै देशमा समेत प्रदर्शनमा आउने बताइएको छ।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘एक्लो-१’डिसेम्बर २८ तारिखको दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेज (Museum of the Moving Image) मा को ऐतिहासिक प्रिमियर हुने तय भई सकेको छ। साइन्स–फिक्सनमा आधारित ‘एक्लो’ आगामी पुस १७ गतेदेखि नेपालमा प्रदर्शनमा आउने तयारीमा छ। निर्देशक प्रदीप शाही बेलायतमा बसेर फिल्म निर्माणमा सक्रिय छन् र ‘एक्लो’ उनको तेस्रो निर्देशन हो। हलिउडस्तरको भिजुअल, प्रविधि र कथा प्रस्तुत गर्ने लक्ष्यसहित उनी यो फिल्म निर्माणमा जुटेका हुन्।
प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय रहेको छ। साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्वपूर्ण भूमिका समावेश गरिएको छ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। छायाङ्कन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार १०:३८नयाँ वर्षमा ‘कार्की साइँला’को फस्टलुक सार्वजनिक, साउन १ मा प्रदर्शन
समाचार२०८२ चैत्र ३०, सोमबार २०:१८विश्वशान्ति मैत्रीय आध्यात्मिक अनुष्ठान सम्पन्न
समाचार२०८२ चैत्र ३०, सोमबार १८:४५धादिङका १३ वटै स्थानीय तहको संयुक्त आयोजनामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सम्मान तथा बधाई ज्ञापन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १४:००चलचित्र ‘पाँच पाण्डव’मा सुशील सिटौला अनुबन्धित








