तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

प्रदेश प्रमुख भट्टले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ (तमु) समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा उल्लेख छ – ‘तमु ल्होछार/ल्होसार जस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’
ल्होछार/ल्होसार पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै उहाँले तमु जाति र समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होछार/ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । यो दिन नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20423, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १५, मंगलवार ०८:३६तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना
समाचार२०८२ पुष १४, सोमबार २०:४९२७ औं पोखरा सडक महोत्सव: वेटर/वेट्रेस दौड, सडकमै बहस
समाचार२०८२ पुष १३, आईतवार २२:२४माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी
समाचार२०८२ पुष १३, आईतवार २२:१४२१ औं लेखनाथ महोत्सव लक्ष्य भन्दा बढी सफलताका साथ समापन हुँदै





