पोखरा सडक महोत्सवमा बुधबार न्यू ईयर ईभ विशेष : एक्स नेपथ्यदेखि डिमर्चासम्म गुञ्जिने

पोखरा सडक महोत्सवमा बुधबार न्यू ईयर ईभ विशेष : एक्स नेपथ्यदेखि डिमर्चासम्म गुञ्जिने

भाईरल आस्मा विश्वकर्माले छिकिरी छिकिरीलगायतका गीतमा प्रस्तुती दिने

पोखरा ।

पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा भोलि बुधबार भोलि न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ एक्स नेपथ्यदेखि डिमर्चासम्म मध्यरातसम्म गुञ्जिनेछ ।

अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने न्यू ईयर ईभ विशेष कार्यक्रममा बुधबार बेलुका एक्स नेपथ्य तीन दशकपछि गुञ्जिदैछ । कार्यक्रममा एक्स नेपथ्यका गायक रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु तथा अर्का गायक गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित गीतहरुमा ओरिजिनल आवाज प्रस्तुत गर्नेछन् ।

त्यस्तै, न्यू ईयर ईभ विशेषमा उज्जन शाक्यले पनि लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । जहाँ उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने सांगीतिक कार्यक्रमको संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।

त्यस्तै, न्यू ईयर ईभमा भोलि डिमर्चा, लेकाली, देउराली व्याण्डले पनि लाईभ प्रस्तुती दिने उनले बताए । उनका अनुसार न्यू ईयर ईभ स्पेसलका रुपमा यस वर्ष कार्टुन क्रुजकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीले छिकिरी, छिकिरीलगायतका गीतहरुमा प्रस्तुती दिनेछन् ।

त्यस्तै, दीवा कार्यक्रममा भोलि प्रिती आले, लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहनेछ ।

यसअघि आज भने स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिए । तमु समुदायको महान पर्व ल्होसारको दिन आज दिउँसो ल्होसार विशेष कार्यक्रम चल्यो । जहाँ विविध सांस्कृतिक कार्यक्रम तथा रोँधी कार्यक्रम चलेको थियो ।

साँझमा भने लाईभ व्याण्ड प्रस्तुतीमार्फत स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गरे ।

त्यस्तै, केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाए । त्यसअघि चक्र व्याण्ड, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालले पनि प्रस्तुती दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20433, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   2   =  

Protected by Spam Master