‘हामी तीन भाइ’ चैत १३ गतेदेखि प्रदर्शनमा

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बनेको नेपाली चलचित्र ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार चलचित्रको एक आकर्षक पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा कलाकारहरू विनोद न्यौपाने, फलित राई र कुशल बिष्टलाई रोमान्टिक तथा उत्साहपूर्ण भावमा प्रस्तुत गरिएको छ। तीनै जना आकाशतर्फ हेर्दै खुसी मुद्रामा देखिन्छन् भने पोस्टरको छेउमा उडिरहेको भालेले चलचित्रको प्रतीकात्मक भाव झल्काएको छ।
निर्देशक भट्टराईकै कथा रहेको यस चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा, विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन के.सी., रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी, गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल र अमृतमान महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ।
प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने विक्रम तामाङ कार्यकारी निर्माता रहेका छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे छन् भने विशेष सहयोगीका रूपमा शम्भु कुमार केसी रहेका छन्।
चलचित्रका प्रस्तुतकर्ता साजित महत हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने छायांकन शिव ढकालले गरेका हुन्। सम्पादन बनिश शाहको रहेको चलचित्रमा संगीत साप शक्ति र बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई र इन्द्रदेव महर्जन, पृष्ठभूमि संगीत सम्राट थापा, द्वन्द्व निर्देशन देव महर्जन तथा ध्वनि मिश्रण मुकेश शाहले गरेका छन्।
रंग संयोजन रेनिश फागो, ग्राफिक्स एक्स समिर मिया, कला निर्देशन दिनेश लामा ‘गैंडा’ र निर्माण नियन्त्रण **सन्देश राई (भान्जा)**ले सम्हालेका छन्। पोस्ट–प्रोडक्सनको काम मोशन स्टुडियोमा गरिएको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









