‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक

‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी माघ १ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ३ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गर्दै फिल्मको मुख्य कथावस्तु र पात्रहरूबारे जानकारी दिइएको हो ।

फिल्ममा मुख्य पात्र सौगात मल्ल ९गोर्खे० सामाजिक सञ्जालमा भाइरल बन्नका लागि गर्ने संघर्ष र अनौठा हर्कतहरूको कथा समेटिएको छ । सौगातले यस फिल्ममा अभिनेत्री सृष्टि श्रेष्ठ सँग जोडी बाँधेका छन् ।

फिल्ममा सौगातले एक्सन स्टार शिव श्रेष्ठजस्तै चर्चित बन्ने सपना बोकेका छन् । टिकटकमा धेरै भ्युज पाउन जोखिम मोलेर अनौठा हर्कत गर्दा उनी चर्चामा त आउँछन्, तर वास्तविक जीवन ९रियल लाइफ० को सामना गर्दा उत्पन्न हुने अन्तरविरोध नै फिल्मको मुख्य सार हो । पछिल्लो समय नेपाली समाजमा हुर्किएको ुभाइरलु बन्ने प्रवृत्तिमाथि फिल्मले व्यंग्य र प्रश्न गरेको छ ।

‘छड्के’ र ‘लालपूर्जा’ जस्ता फिल्म निर्देशन गरिसकेका निगम श्रेष्ठ ले ‘भाइरल गोर्खे’ को निर्देशन गरेका हुन् । समसामयिक र घरघरको विषय भएकाले दर्शकले यसलाई मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक श्रेष्ठले बताए ।

सौगात र सृष्टिका साथै फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवी को अभिनय रहेको छ ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्मलाई अमर महर्जन ले खिचेका हुन् । फिल्मको छायांकन लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा गरिएको छ ।

फिल्मको वितरण सुनिल मानन्धर ले गर्नेछन् भने सम्पादन बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्माले सम्हालेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   2   =  

Protected by Spam Master