फिल्म ‘आ बाट आमा’ को माल्टा प्रदर्शन अधिकार बिक्री, माघ १६ मा रिलिज हुँदै

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा’ को वैदेशिक प्रदर्शन अधिकार (ओभरसिज राइट्स) धमाधम बिक्री हुन थालेको छ । आगामी माघ १६ गते बाट प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रदर्शन अधिकार हालै माल्टाका लागि बिक्री गरिएको हो ।
निर्माण टिम र माल्टाका वितरक सुवास ढकाल तथा विकाश ढुङ्गानाबीच फिल्म प्रदर्शनका लागि सम्झौता भएको छ । परदेशिएका नेपालीहरूको कथा समेटिएको फिल्मको पोस्टर र गीतले चर्चा पाएपछि विदेशमा यसको माग बढेको निर्देशक चन्द्र पन्तले बताए ।
“हामीले फिल्मको माल्टा प्रदर्शन अधिकार राम्रै रकममा बिक्री गरेका हौँ । विदेशमा फिल्मको उच्च माग देखिनु हाम्रा लागि खुसीको कुरा हो ।”
फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायतको मुख्य भूमिका रहेको छ ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन् । फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत छ ।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त लगायतको लगानी छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन् । नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।
डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको यो फिल्मले आमा र सन्तानबीचको भावनात्मक सम्बन्धका साथै वैदेशिक रोजगारीका आयामलाई समेत समेटेको निर्माण टिमको भनाइ छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन ९, शनिबार २१:५७सहाराले १२ वर्षपछि चुम्यो आहा रारा गोल्डकपको उपाधि
समाचार२०८२ फाल्गुन ९, शनिबार २१:५२काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२३गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ९, शनिबार २०:१९चलचित्र ‘जिरो डिग्री’मा विजयको अपोजिटमा सनिशा !








