‘रमिताको पिरती’को ‘जुनी भर’ गीतमा आनालाई फकाउँदै विनय

‘रमिताको पिरती’को ‘जुनी भर’ गीतमा आनालाई फकाउँदै विनय

काठमाडौँ। सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जुनी भर’ बोलको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन् । रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य २ कलाकारहरु आना शर्मा र विनय श्रेष्ठलाई हेर्न सकिन्छ । भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आना उनले भनेको नमानेको दृश्यलाई देखाइएको छ । यसले, विनय र आनाको प्रेमको सुरुवातको रुपमा यो गीत तयार भएको वुझ्न सकिन्छ ।

फिल्ममा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी, कुशल पोखरेलको संगीत समावेश छ । सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको फिल्ममा सागर लम्सालको लगानी छ । आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने फिल्मका एसोसियट निर्माता हुन् । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर बिशाङ्खेको डीओपी, साहिल खानको ट्रेलर र टिजर छ ।

सुनिल सिभाकोटीको सम्पादन रहेको फिल्मको यो गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रियतनाको छायांकन, झोलेइज्मको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ । यो फिल्मले एक यूवतीको प्रेम भावनालाई सुक्ष्म रुपमा फिल्ममा देखाएको निर्माणपक्षको भनाई छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   6   =  

Protected by Spam Master