मन्थलीमा कृषि तथा लघु उद्यम प्रदर्शनी मेला

मन्थली (रामेछाप) – आजदेखि यहाँ दुईदिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला-२०८२ आयोजना गरिएको छ ।
मन्थली नगरपालिकाले आयोजना गरेको मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेलले कृषि उद्यम विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले मेलाले किसान र उद्यमीका उत्पादनको बजारीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख लव श्रेष्ठले नगरपालिका क्षेत्रमा उत्पादन तथा प्रशोधन गरिएका बाली र वस्तुको प्रवर्द्धन, ज्ञान, सीप र प्रविधि साटासाट, उत्पादक, उपभोक्ता र व्यापारीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो ।
नगरपालिका आर्थिक विकास समितिका संयोजक नवराज थापामगरले प्रदर्शनीमा कृषिउपज ल्याउने किसानलाई निःशुल्क ‘स्टल’ उपलब्ध गराई खाने, बस्ने र ढुवानी एवं यातायात खर्चको समेत व्यवस्था गरिएको बताउनुभयो । प्रदर्शनी मेलामा सहभागी भई उत्कृष्ट हुने कृषक तथा उद्यमीलाई मूल्याङ्कन गरी विभिन्न १० विधामा पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले करिब १० हजारले मेला अवलोकन गर्ने अनुमान रहेको बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान







