पोखरा महोत्सवको सुरक्षामा विशेष ध्यान दिइने

पोखरा ।
१४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसिटिभी क्यामेराको निगरानीबाट सुरक्षा प्रदान गरिने भएको हो ।
कास्कीका सुरक्षा निकायका प्रतिनिधी र महोत्सव आयोजक बिचको बैठकले महोत्सवमा भइपरी हुन सक्ने घटनालाई मध्येनजर गरी महोत्सव स्थलको सुरक्षालाई चुस्त बनाइने निर्णय गरेको छ ।
सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगतका वर्षहरु भन्दा यो वर्ष सुरक्षामा विशेष ध्यान दिनुपर्ने वताइन । अघिल्लो संस्करणमा कुनै अप्रिय घटना नघटेको भएतापनि अहिलेको परिस्थिती फरक रहेका कारण त्यसमा सम्पूर्ण सुरक्षा निकायले ध्यान दिन आवश्यक रहेको बताइन ।
महोत्सवकै आम्दानीबाट सामाजिक काम मार्फत युनाईटेड क्लबले आफ्नो पहिचान बनाउन सफल भएको बताउदै शर्माले १४ औं पोखरा महोत्सवको सफलताको समेत कामना गरिन ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले महोत्सवमा कानुनले बञ्चित गरेका क्रियाकलापहरु सञ्चालन गर्न नहुने बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जेन्जी आन्दोलन पछि कानुन हातमा लिने गरी मानिसहरुले अवान्छित क्रियाकलापहरु गर्ने गरेको बताउदै महोत्सव स्थलमा त्यस्ता हर्कत गर्नेलाई कडा कारबाही गर्ने बताए । पोखरा महोत्सव अन्य महोत्सव भन्दा फरक हुने भएकाले आफुहरुले त्यही अनुरुप सुरक्षा योजना बनाइ अगाडी बढेको उनको भनाइ रहेको थियो ।
सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सिनाले महोत्सवमा आवश्यक पर्ने सुरक्षाका लागि आफ्नो मातहतबाट सुरक्षाकर्मी परिचालन हुने बताए ।
युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले विगतका महोत्सवहरुमा सुरक्षा निकायको साथ र सहयोगलेनै कुनैपनि अप्रिय घटनाहरु नभएको र यस पटकपनि साथ र सहयोग रहनेमा आफु आशावादी रहेको बताए ।
क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका कार्यसमिति सदस्य तथा महोत्सवका सुरक्षा व्यवस्थापन उप समिति संयोजक बुद्ध कार्कीले महोत्सव स्थलको बारेमा जानकारी गराएका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20504, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १७:००पोखरा-सिमरा हवाई सेवा सुचारु गर्न जोड
समाचार२०८२ चैत्र १०, मंगलवार ०७:५५पोखरामा अटो शो हुने
समाचार२०८२ चैत्र ९, सोमबार ००:००पूर्वी नेपालमा जाउँ है पोखरा अभियान
समाचार२०८२ चैत्र ८, आईतवार २३:५५पोखरामा जुवातास खेल्दै गरेका ११ जना तीन लाख ४६ हजार रूपैयाँसहित पक्राउ







