प्रशान्त तामाङको हृदयघातका कारण निधन

प्रशान्त तामाङको हृदयघातका कारण निधन

काठमाडौँ। चर्चित गायक तथा कलाकार प्रशान्त तामाङको हृदयघातका कारण असामयिक निधन भएको छ। आइतबार उनको निधन भएको पुष्टि निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै गरेका हुन्।

इन्डियन टेलिभिजन रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करण जितेपछि चर्चाको शिखरमा पुगेका तामाङ पछिल्लो समय सलमान खान अभिनित प्रतीक्षित फिल्म ‘ब्याटल अफ गलवान’ मा अभिनय गरिरहेका थिए। उक्त फिल्मको केही डबिङ कार्य भने अझै बाँकी रहेको बताइएको छ।

गायनसँगै अभिनयमा पनि सक्रिय रहेका तामाङले नेपाली चलचित्र ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतमा अभिनय गर्नुका साथै थुप्रै चर्चित गीतहरूमा स्वर दिएका थिए। उनको स्वर र उपस्थितिले नेपाली संगीत तथा चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएको थियो।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ पछिल्लो समय भारतको दिल्लीमा बस्दै आएका थिए। सोही क्रममा दिल्लीमै उनको निधन भएको हो। उनको असामयिक निधनले नेपाली संगीत र चलचित्र क्षेत्र शोकमा डुबेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   10   =  

Protected by Spam Master