मुरली भन्ज्याङ साना किसान कृषि सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

मुरली भन्ज्याङ साना किसान कृषि सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

धादिङ, २८ पुस ।
नीलकण्ठ नगरपालिका–९ स्थित मुरली भन्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष दुर्गा दुवाडीको अध्यक्षतामा सम्पन्न साधारण सभामा नीलकण्ठ नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजन बराइली प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष बराइलीले सहकारी सेयर सदस्यहरूको आफ्नै साझा संस्था भएकाले यसको सम्पत्ति, भविष्य र दिगोपनाको जिम्मेवारी सबै सदस्यको रहेको उल्लेख गर्नुभयो। एकताबद्ध रूपमा अघि बढे मात्र सहकारीलाई बलियो र दीगो बनाउन सकिन्छ,उहाँले भन्नुभयो ।

उहाँले साना किसान सहकारीले कृषक तथा सेयर सदस्यको हितमा बिमा, कृषि, पशुपालनलगायत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको भन्दै आगामी दिनमा अझ बढी कृषिमै केन्द्रित भई आर्थिक सशक्तिकरणमा योगदान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, नीति नियमको दायराभित्र रहेर सहकारीलाई थप व्यवस्थित, पारदर्शी र जनमुखी बनाउन स्थानीय सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साधारण सभाका अवसरमा उत्कृष्ट बाल बचतकर्ता १० जनालाई स्टेसनरी सामग्री प्रदान गरिएको थियो । उत्कृष्ट बचत गर्ने दुई समूह र असल ऋण कारोबार गर्ने २० जनालाई सम्मान गर्नुका साथै उत्कृष्ट तरकारी खेती, उत्कृष्ट कुखुरा पालन, उत्कृष्ट भैँसी पालन र उत्कृष्ट दूध उत्पादन गर्ने चार जना उत्कृष्ट कृषि व्यवसायीलाई समेत सम्मान गरिएको थियो।

२०६६ सालमा स्थापना भएको उक्त सहकारी संस्थाको कुल सेयर पूँजी १ करोड ५३ लाख १७ हजार ३०० रुपैयाँ रहेको छ। नीलकण्ठ नगरपालिका–८ र ९ कार्यक्षेत्र रहेको सहकारीमा १ हजार २६१ जना सेयर सदस्य आबद्ध छन् ।

मुरली भन्ज्याङ साना किसान कृषि सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

May be an image of one or more people and tree

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   10   =  

Protected by Spam Master