बैतडीको खोड्पेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ भन्दा बढी घाइते

नरी बडु, बैतडी- जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिक जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १५ जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक दिपककुमार रायले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई डडेल्धुरा अस्पताल लगिएको छ ।
बैतडीको सुर्नया गाउँपालिका– ६ मोतिनगरबाट डडेल्धुरातर्फ जादै गरेको मे १ ज २२४ नम्बरको बोलेरो जीप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो । जीपमा २० जनासम्म सवार रहेको बुझिएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेकाले थप बिवरण आउन अझै बाँकी छ । घाइतेहरुको उद्धारमा स्थानीय र प्रहरीको टोली खटिएको छ ।
दुर्घटनाको एकीन विवरण अझै आइनसकेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १७:१२गण्डकी भित्तेपात्रो–२०८३ विमोचन तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न
समाचार२०८२ चैत्र १०, मंगलवार ११:४३सुन तोलामा एक हजार छ सयले घट्यो
समाचार२०८२ चैत्र १०, मंगलवार ११:३२रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार बोलाइयो
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP







