शान र सलिनाको ‘संगी’मा पल–सजिनाको रोमान्टिक केमिस्ट्री

शान र सलिनाको ‘संगी’मा पल–सजिनाको रोमान्टिक केमिस्ट्री

काठमाडौँ। गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक गरिएको छ। कपिलराज गिरिको शब्द र शानकै संगीतमा बनेको यस गीतमा फिमेल भोकलका रूपमा सलिना बिकले साथ दिएकी छन्। कर्णप्रिय अडियोले प्रेमिल अनुभूति दिलाउने गीत श्रोतामाझ मन छुने खालको बनेको छ।

गीतको भिडियोमा अभिनेता पल शाह र मोडल सजिना श्रेष्ठको रोमान्टिक जोडी देख्न सकिन्छ। मनाङको मनमोहक प्राकृतिक दृश्यमा छायांकन गरिएको भिडियोमा दुवैको केमिस्ट्री आकर्षक देखिन्छ। पाँच दिन लगाएर मनाङमै खिचिएको भिडियोको प्रोडक्सन क्वालिटी उच्च रहेको छ।

खराब मौसमका बाबजुद टिमले गरेको मेहनत भिडियोका प्रत्येक दृश्यमा झल्किन्छ। पल र सजिनाको भावनात्मक प्रस्तुति जति प्रभावशाली छ, त्यति नै मनाङका दृश्यलाई सुन्दर ढंगले कैद गर्न छायाँकारले गरेको प्रयास पनि प्रशंसनीय छ।

किरण थापाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो पवन सुस्लिङले छायांकन गरेका हुन्। सम्पादन पनि पवनकै रहेको छ, जसमा प्रवेश खत्रीले साथ दिएका छन्। प्रवेश खत्रीले प्रोजेक्ट म्यानेजरका रूपमा पाँच दिनसम्म मनाङमा टिमको व्यवस्थापन गर्दै भिडियो निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   9   =  

Protected by Spam Master