कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

धादिङ, २९ पुस ।
सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक विद्यालयमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा तथा सिद्धलेक गाउँपालिकाको समन्वयमा विद्यालय तहका बालबालिकाका लागि श्रवण, दृष्टि तथा दन्त परीक्षणसहितको स्वास्थ्य परीक्षण गरिएको हो।
कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष सविता अर्याल, प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य, वडा नं. ४ का वडाध्यक्ष झक बहादुर थापा मगर तथा स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडीको उपस्थिति रहेको थियो।
विद्यालय तहका बालबालिकाको स्वास्थ्य अवस्था पहिचान गरी आवश्यक उपचार तथा परामर्श सेवामा सहयोग पु¥याउनु उद्धेश्य रहेको गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको स्वास्थ्य सुरक्षासँगै पठनपाठनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
स्वास्थ्य परीक्षण कार्यक्रममा धादिङ अस्पताल र तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ७, बिहीबार ०९:०८आमाको जन्मदिनमा सुमनको अनुपम उपहार








