सभापति देउवा र दुई महामन्त्रीबीच छलफल, केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ- नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज नेतृत्व चयन गर्ने कार्य तालिका रहेपनि अहिलेसम्म निर्वाचन प्रकृया सुरु भएको छैन ।
विशेष महाधिवेशनको नेतृत्वकर्ता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आज विहान पार्टी भित्रको सहमतिका लागि सभापति शेरबहादुर देउवासँग छलफल गर्न देउवा निवास पुगेका थिए । छलफलको निर्णय सार्वजनिक नहुँदा महाधिवेशनस्थलमा अन्यौल देखिएको छ।
पार्टी विभाजनको संघारमा पुगेको भन्दै आम काँग्रेस कार्यकर्ताहरुले चिन्ता व्यक्त गरिरहँदा दुबै पक्षका नेताहरु हिजोदेखि नै संवाद र छलफलमा छन ।
सभापति देउवासमक्ष महामन्त्रीद्वयले राखेका प्रस्तावहरुलाई अहिलेको केन्द्रीय समितिको बैठकमा छलफल गराउने तयारी भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक अहिले केहीबेरमा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
यता महाधिवेशनस्थल भृकुटी मण्डपमा भने ४ दिनदेखि महाधिवेशन प्रतिनिधिहरु नयाँ नेतृत्व चयनका लागि आतुर देखिन्छन । उनीहरु नीति र नेतृत्व परिवर्तन गर्ने भन्दै महाधिवेशनमा आएका थिए ।
विशेष महाधिवेशनले हिजै दुबै जना महामन्त्रीहरुको प्रस्ताव पारित गरेको थियो ।
सभापति देउवासँगको वार्ता असफल भए आज नै नयाँ नेतृत्व चयन हुने विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ ।
नयाँ नेतृत्व चयनभएसँगै काँग्रेस औपचारिक रुपमा विभाजन हुने भन्दै कार्यकर्ताहरु चिन्तित बनेका छन ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार २१:१२कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श
समाचार२०८३ बैशाख ७, सोमबार २०:४१नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित,व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
समाचार२०८३ बैशाख ७, सोमबार १९:१२जिल्ला स्तरीय राष्ट्रिपनि रनिङ शिल्ड प्रतियोगिता धादिङबेसीमा सुरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार १९:००केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने







