आयोजक टोलीले जित्यो मनोहर कप भलिबलको उपाधि

पोखरा।
पोखरामा भएको मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ ।
मनोहर क्लबको आयोजनामा पोखरा–१४ मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्दै आयोजक टोलीले उपाधि रक्षा गरेको हो । आयोजक टोलीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।
उपाधिसँगै आयोजक टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । उपविजेता बनेको पोखरा युनाइटेडले एक लाख एक हजार १११ रुपैयाँमा चित्त बुझायो ।
सेमिफाइनलसम्म पुगेका नवज्योति युवा क्लब र पकुवा भलिबल क्लबले जनही २० हजार पाए । प्रतियोगितामा सञ्जुविक्रम शाह सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ८ हजार र ट्रफी हात पारे ।
सन्दीप सुनार स्पाइकर, दीपक थापा डिफेन्डर, अजय सुनार ब्लकर, सञ्जोक परियार सर्भर, लप्सन सुनार उदीयमान र सुमन राना प्रशिक्षक विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ५ हजार पाए । प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20572, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो









