चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बैंश भुसुक्कै’ बोलको गीत निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् । लोकलयको प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग भएको छ । गाउँबेसीमा प्रयोग हुने मिठासपूर्ण शब्द र लयले गीतलाई क्याची बनाएको छ ।
विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार तेज गरी, बिमला लिम्बू र बारत लिम्बूको अभिनय छ । महाशिवरात्रिको छोको पारेर चलचित्र ‘शिवांश’ फागुन १ गते रिलिज हुनेछ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । निर्मातामा अञ्जान केसी छन् ।
प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ । चलचित्रमा बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय रहनेछ ।
चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।
विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् । कस्ट्युम कमल मिश्रको छ । एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको छ ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहेको चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ ४, शनिबार २१:२१चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
समाचार२०८२ माघ ४, शनिबार २०:३०सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
समाचार२०८२ माघ ४, शनिबार १९:०६उम्मेदवारहरुको टिकट वितरणमा जुटे राजनीतिक दलहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ४, शनिबार १४:१९अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार








