माघ ९ मा स्थगीत,अब कहिले आउला ‘बिगुल’ ?

माघ ९ मा स्थगीत,अब कहिले आउला ‘बिगुल’ ?

काठमाडौं । चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ । चलचित्रका निर्माता दिनेश कोइरालाले `बिगुल´ को प्रदर्शन हाललाई स्थगीत गरिएको बताएका छन । विशेष प्राबिधिक कारणले गर्दा `बिगुल´ को प्रदर्शन स्थगीत गरिएमा क्षमायाचना गर्दै उनले केही दिन भित्रै नयाँ प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी दिएका छन्।

रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल,नरेन खड्का,नीर शाह,रमेश बुढाथोकी,बिनोद न्यौपाने,शिशिर बाङ्देल,हेमन्त बुढाथोकी,गीता अधिकारी,रबिन्द्र खड्का,नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन ।

देशको वर्तमान राजनैतिक अबस्था,आम नेपालीको जनभावना तथा परिस्थितिसंग धेरै हदसम्म मिल्दो बिषयबस्तु प्रस्तुत चलचित्रका गीत, टिजर अनि ट्रेलरले दर्शकको मन छोइरहेको अवस्थामा चलचित्र प्रदर्शन स्थगीत गर्नु परेकोमा निर्देशक कोइरालाले पनि दुख ब्यक्त गरेका छन । उनले दर्शकको प्रतिक्षामा रहेको चलचित्र अझ धेरै धुमधामका साथ प्रदर्शन गरिने प्रतिबद्धता ब्यक्त गरेका छन ।

शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रका गीतमा बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । निर्माता कोइराला स्वयमको कथा रहेको चलचित्रको पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   6   =  

Protected by Spam Master