पोखरामा पृथक स्वादको पोखरा महोत्सव, दर्शकको उर्लदो सहभागिता

पोखरामा पृथक स्वादको पोखरा महोत्सव, दर्शकको उर्लदो सहभागिता

पोखरा ।

युनाईटेड क्लबले अन्य मेला–महोत्सवभन्दा फरक पहिचान बनाउँदै आएको पोखरा महोत्सवको १४ औं संस्करण भव्य र सभ्य रूपमा सञ्चालन भइरहेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाएर स्थापना कालदेखि नै अमरसिंह खेल मैदानमा महोत्सव आयोजना गर्दै आएको क्लबले यस वर्ष पनि पृथक शैलीलाई निरन्तरता दिएको छ ।

पुष २९ गतेदेखि सुरु भएको पोखरा महोत्सव आठौं दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । पोखरामा आयोजना हुने अन्य मेला–महोत्सवभन्दा फरक ढंगले सञ्चालन हुने भएकै कारण पोखरा महोत्सवले दर्शकको साथ र माया पाउँदै आएको युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए ।

उनका अनुसार पोखरा महोत्सवको मुख्य विशेषता भनेकै १२ देखि १३ दिनसम्म हरेक साँझ लाइभ ब्याण्डको प्रस्तुती हो । युवाहरूको रुचि र चाहनालाई केन्द्रमा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित ब्याण्डहरूको लाइभ प्रस्तुती दिइने भएकाले पोखरा महोत्सव पृथक बनेको बख्रेलको भनाइ छ । लाइभ ब्याण्ड प्रस्तुती खर्चिलो भए पनि सुरुवाती समयदेखि नै हरेक संस्करणमा निरन्तरता दिँदै आएको र दर्शकको भरपूर साथकै कारण महोत्सव १४ औं संस्करणसम्म आइपुगेको उनले बताए ।

महोत्सवमा यसअघि लाहुरे, डीमर्चा, लेकाली, अनुप्रस्थ लगायतका चर्चित ब्याण्डले प्रस्तुती दिइसकेका छन् । कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाका अनुसार माघ ८ गते चर्चित गायक सबिन राईको लाइभ कन्सर्ट हुन बाँकी छ । त्यसैगरी रकहेड्स, जेम्सी, भीटेन, पर्पललगायतका कलाकारहरूको ¥याप तथा लाइभ प्रस्तुती पनि महोत्सवको आकर्षण बनेको छ ।

महोत्सवको आठौं दिन लोकदोहोरी गायिका प्रीति आलेले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरिन् । भाइरल गीत ‘झोरा’ प्रस्तुत हुँदा दर्शक नाच्दै माहोल रंगीन बनेको थियो । प्रीति आलेसँगै प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुनिता नेपाली, सरला पाण्डे, प्रशान्त तामाङ, पूजा तामाङलगायत कलाकारहरूको प्रस्तुतीले दर्शकलाई रमाइलो बनायो । साँझको लाइभ ब्याण्डतर्फ एवाईजीको प्रस्तुतीमा युवाहरू झुमेका थिए ।

यो पनि पढ्नुहोस् :  धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने

महोत्सवको नवौं दिन लोकदोहोरीतर्फ शान्तारानी परियार, पार्वती जिसी, चोलेन्द्र पौडेल, रामचन्द्र पौडेल (आरसी), मधु थापा मगर, कृष्ण भट्टराई, आरोही रुचाललगायत कलाकारहरूको प्रस्तुती रहनेछ । साथै जादुगर दीपक थापा मगरको जादु कला र साँझको लाइभ ब्याण्डतर्फ रकहेड्सको प्रस्तुती रहने महोत्सवका प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा मंगलबार डायमण्ड सेकेण्डरी स्कुल, सूर्योदय स्कुल र ज्ञानुबाबा स्कुलको प्रस्तुती रहेको थियोभने बुधबार कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुलको प्रस्तुती रहने छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20606, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   5   =  

Protected by Spam Master