कास्की क्षेत्र न २ मा एमालेका प्रभावशाली, बौद्धिक युवा नेता रश्मी आचार्यको उम्मेदवारी

कास्की क्षेत्र न २ मा एमालेका प्रभावशाली, बौद्धिक युवा नेता रश्मी आचार्यको उम्मेदवारी

पोखरा । यहि फागुन२ १ गते सम्पन्न हुन गइरहेको आशन्न प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि  ने क पा( एमाले ) कास्की क्षेत्र न २ बाट युबा नेता सो  पार्टीको केन्द्रिय सदस्य रश्मि आचार्यले उम्मेदवारी दर्ता गरेका छन। उनको  प्रस्ताबकमा एमाले केन्द्रिय सदस्य प्रभा कोइराला  र समर्थक सो पार्टीका जिल्ला उपाध्यक्ष भेषराज बराल  रहेका छन।

उम्मेदवार आचार्यले मंगलबार पार्टीको  आग्रह र  समृद्धिको अभियानलाई सार्थक बनाउन सम्पूर्ण  युबाहरू र  कास्की क्षेत्र न २ का मतदाताको इच्छा बमोजिम उम्मेदवारी दर्ता गरेको उल्लेख गरे। उनले आफ्नो उम्मेदवारी समृद्ध नेपाल  सुखी नेपालीको अभियानलाई ठोस निष्कर्षमा पुर्याउदै नवीन सोच र योजना अनुसार बिकासको अभियानलाई उचाइमा पुर्याउनु रहेको उल्लेख गर्दै अब राजनिती र बिकास गौरब गर्न लायक बनाउनेतर्फ आफू केन्द्रित हुने प्रतिबद्धता जनाए।

देश र जनताको हितको खातिर सम्पूर्ण जीवन लगाउने दृढ़ संकल्प लिएर  प्रष्ट योजना र  उद्देश्य सहित मतदाता समक्ष आएको भन्दै कास्की क्षेत्र न दुइका जनतालाई साथ दिन आग्रह गरे। उनले देशलाई दुर्घटना हुनबाट बचाउन युबाहरूको दर्हो  साथ र अग्रजहरूको आशिर्वाद लिएर अघि बढ्ने उल्लेख गर्दै  सार्थक बिकासको अबधारणालाई साकार पार्ने प्रतिबद्धता जनाए ।

पोखरा महानगर पालिका  वडा ३३ , गैरागाउँका स्थायी बासिन्दा आचार्य ने क पा एमालेका समकालीन युबाहरूमा  बौद्धिक नेताका रूपमा चिनिन्छ्न। जन्म:  बि.स.२०३७/०५/०८ गते (तात्कालिन भरतपोखरी, गा बि स , गैरागाऊ) हालको पोखरा ३३ मा पिता  रघुनाथ आचार्य र आमा रमाकुमारी आचार्यको जेष्ठ पुत्र रश्मि आचार्यले प्राथमिक शिक्षा स्थानिय  ब्रमहज्योति प्रा. वि. र माध्यमिक शिक्षा सोही स्थानको  श्री शान्ति उदय मा. वि. वरपाण्डेथु कैलास, कास्कीबाट प्राप्त गरेका हुन। बिद्यालय शिक्षा सहित बिश्वबिद्यालयमा समेत पढाइमा सधैं प्रथम र  अब्बल उनले  पृथ्वीनारायण क्याम्पस पोखराबाट आई. एस्. सी, वि. वि. एस्  एम्. वि. एस्. त्री बि बि बाटै  राजनितीक शास्त्र  मा प्राइभेट तर्फबाट स्नातकोत्तर उपाधी हासिल गरेका छ्न।

यो पनि पढ्नुहोस् :  धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ

नेपाल ल क्याम्पस काठमाडौँबाट एल्. एल्. वी. उतिर्ण गरि  अधिवक्ता समेत  रहेका उनी हाल ईन्टरनेसर्नल रिलेसन र डिप्लोमेसिमा पि एच डि स्कलर हुन ।

बिद्यालय जीबनमा  नै एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीका संगठित भएका उनी

बि स २०५० देखि २०७७ सम्म निरन्तर अनेरास्ववियुमा २७ बर्ष विभिन्न कमिटीमा रहेर काम गरेका एक प्रभावशाली युबाको रूपमा चिनिन्छ्न ।

अनेरास्ववियुको कास्की जिल्ला कमिटी अध्यक्ष (२०६०), गण्डकी अन्चल कमिटी अध्यक्ष ( २०६३),केन्द्रीय सदस्य (२०६३) , केन्द्रीय कोषाध्यक्ष (२०६७),केन्द्रीय उपाध्यक्ष (२०६९)  स्ववियु सचिव, पृथ्वीनारायण क्याम्पस ( २०६२) हुँदै २०६५ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको  स्वबियु सभापति निर्बाचित भएका थिए।

२०५६ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेका आचार्यले  सो पार्टीको कास्की जिल्ला कमिटी सदस्य ( २०६६) ,तत्कालीन नेकपाको केन्द्रीय कमिटी सदस्य ( २०७७), गण्डकी प्रदेश उपसचिव (२०७८)  हुँदै भर्खर सम्पन्न सो पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका आशा लाग्दा इमानदार उम्मेदवार हुन।

पार्टीको  कार्यक्रम र  अभियानमा रणनीति चातुर्यता र दुरदृष्टी सोचाइका कारण नेतृत्वमा समेत अब्बल हुँदै आएका रश्मि सबैको प्रिय मानिन्छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20603, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   8   =  

Protected by Spam Master