१४ औं पोखरा महोत्सव समापन नजिकिँदै गर्दा झनै भब्य

पाेखरा । पोखराको अमरसिंंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव ११ दिनमा जारी रहेको छ । महोत्सवको समापन दिन नजिकिदै गर्दा झनै भब्य बन्दै गइरहेको छ । महोत्सवमा दर्शकहरुको सहभागीता उल्लेख्य रुपमा बढेको छ ।
महोत्सवमा दिन प्रतिदिन दर्शकको सहभागीता संगै महोत्सव स्थलमा राखिएको स्टलको कारोबार समेत बढिरहेको महोत्सव सचिवलाय संयोजक शान्त बहादुर थापाले जानकारी दिए । महोत्सव समापन नजिकिदै गर्दा दैनिक हजारौं दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको थापाले बताए ।
महोत्सव सफल हुनुमा विषम परिस्थितीमा समेत प्रायोजक र दर्शकहरुको साथ नै भएको महोत्सवका प्रायोजक ब्यवस्थापक संयोजक सूर्य बहादुर बानियाँले बताए । जेन्जी आन्दोलन पछि ब्यवशायनै धराप परिरहेको अवस्थामा पनि व्यवशायी घरानाहरुले क्लवको सामाजिक उद्देश्य प्रति प्रेरित भइ १४ संस्करणको पोखरा महोत्सवमा प्रायोजन गरेकै कारण महोत्सव सफलता तर्फ उन्मुख रहेको बानियाँको भनाइ रहेको थियो ।
पोखरा महोत्सव भुकम्प, कोराना, आर्थिक मन्दी जस्ता विशम परिस्थितीमा समेत सञ्चालन भई आइरहदा १४ औं संस्करणको मुखमा जेन्जी आन्दोलनको प्रभाव झेल्नुपरेको उनको भनाइ थियो ।
महोत्सव समापन तर्फ अगाडी वढ्दै गर्दा महोत्सवमा आकर्षक कलाकारहको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । शुक्रबार मात्रै महोत्सवमा लोकदोहोरी कलाकार सम्झना लामिछाने र नविना सिलवाल खुईलीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । त्यसैगरी साँझको लाइभ कन्सर्टमा सविन राई एण्ड द फेरोहको प्रस्तुतीमा युवाहरु झुमेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
त्यसैगरी महोत्सवमा शनिवार प्रकाश दुतराज र साँझको लाईभ कन्सर्टमा भी टेनको प्रस्तुती रहने समेत प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा विभिन्न प्रायोजकहरुको स्टलमा विशेष छुट सहित भाग्यशाली कुपनबाट समापनमा विशेष उपहार योजना सञ्चालन भइरहेको छ भने महोत्सव स्थलबाट २५ सयमा खाना र खाजा सहितको पोखरा मुक्तिनाथ मुक्तिनाथ पोखरा यात्राको ब्यवस्था आयोजकले मिलाएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20645, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण






