प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ देखि

बैतडी, ९ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट माघ १२ गतेदेखि हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम रहेका छन् भने समूह ‘बी’ मा बैतडी, डडेल्धुरा, दार्चुला र बझाङ रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा माघ १२ गते कैलाली र अछाम भिड्नेछन् । माघ १३ गते कञ्चनपुर र अछाम, १४ गते कैलाली र डोटी, १५ गते अछाम र डोटी, १६ गते कैलाली र कञ्चनपुर, १७ गते कञ्चनपुर र डोटीबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, माघ १८ गते बैतडी र दार्चुला, १९ गते बझाङ र दार्चुला, २० गते डडेल्धुरा र बझाङ, २१ गते डडेल्धुरा र दार्चुला, २२ गते बैतडी र बझाङ तथा माघ २३ गते डडेल्धुरा र बैतडी आमनेसामने हुनेछन् । दुवै समूहबाट शीर्ष स्थानमा पुग्ने एक÷एक टोलीले माघ २४ गते फाइनल खेल्नेछन् । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली बनाइने सङ्घले जनाएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त








