नीलकण्ठ नगरपालिका स्तरिय राष्ट्रपनि रनिङ शिल्डको उपाधी नीलकण्ठ बालमन्दिरलाई

धादिङ,९ माघ
नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयले जितेको छ । यो सँगै नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयले लगातार चौथो पटक विजयी भएको हो । माघ ६ गतेदेखी सुरु भएर माघ ८ गते साँझ अबेर सम्मन्न भएको प्रतियोगितामा २५ स्वर्ण,९ कास्य सहित ३४ पदक सहित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय प्रथम भएको छ ।

यसैगरी ४ स्वर्ण ८ रजत गरी १२ पदक सहित एड्भान्स एकेडेमी द्धितिय र ४ स्वर्ण ७ रजत गरी ११ पदक सहित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय तृतीय हुन सफल भएको छ। तीन दिन सम्म सन्चालन भएको प्रतियोगितामा नगरभित्रका २८ वटा विद्यालयका ७८३ जना खेलाडीले सहभागिता रहेको थियो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगाना,उप प्रमुख दिपक विश्वकर्माले पुरस्कार वितरण गर्नुभएको थियो ।पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरपालिकाले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको बताउनुभयो । कुल बजेटको ४० प्रतिशत भन्दा बढी शिक्षा क्षेत्रमा लगानी गरेको भन्दै कक्षा १२ सम्मको शिक्षा निशुल्क गरेको बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ११, शुक्रबार ११:३८काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार २२:०३‘कमला मिस’ साउन २२ मा रिलिज, निर शाहको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार २१:५७‘एक मुठी बादल’का लागि गौरव बिष्टले ९ केजी तौल घटाए
समाचार२०८३ बैशाख १०, बिहीबार १९:३९संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन








