‘खेल क्षेत्र राष्ट्र विकासको महत्वपूर्ण आधार’: प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताएका छन् ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखि सुरु एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्दै उनले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार रहेको उल्लेख गरे ।
‘खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ । नेपाल खेलकुदको माध्यमबाट समेत चिनिँदै आएको छ । सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेका छौँ ।’ उनले भने – ‘आजको परिप्रेक्ष्यमा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ ।’
खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहेको उनको भनाई छ ।
सानो स्थान, थोरै बजेट, सबै नेपालीको पहुँच, धेरैलाई मनपर्ने र मुलुकको भौगोलिक अवस्थाका कारण पनि भलिबल राष्ट्रिय खेल बन्न पुगेको बताउँदै उनले सीमित पूर्वाधार र सुविधाका बाबजुद अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला भलिबल टोलीले प्राप्त गरेको नतिजा प्रशंसनीय रहेको बताए । उनले भने – ‘एशियन सेन्ट्रल जोन भलिबलको उपाधि लगातार जितेर नेपाली महिला भलिबल खेलाडीले नेपालको नाम चम्काएको म स्मरण गर्न चाहन्छु ।’
भलिबलको भौतिक संरचना तथा पूर्वाधार कमजोर भएपनि यस्ता प्रतियोगिताका कारण खेलाडीहरुलाई फाइदा पुर्याएको उनको भनाई छ । जिल्ला तथा केन्द्रीय स्तरका प्रतियोगिताले खेलाडीलाई खेल कौशल प्रदर्शन तथा आर्थिक उपार्जनमा योगदान भएको भट्टले बताए ।
टाइगर ग्रुप अफ पोखराले विगत ६ वर्षदेखि भव्य र व्यवस्थित ढंगले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरी भलिबल खेलमार्फत् पोखरा र गण्डकी प्रदेश मात्र नभई नेपाललाई नै चिनाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद पनि व्यक्त गरे ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20641, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १६, बिहीबार १७:२५निर्वाचनलाई मध्यनजर गर्दै काउन्सिलद्वारा आचारसंहितामा छलफल
समाचार२०८२ माघ १६, बिहीबार १३:३०टाइगर कपः महिलातर्फ एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो
समाचार२०८२ माघ १६, बिहीबार ०६:१७धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार अर्पण
समाचार२०८२ माघ १५, बुधबार १९:०७टाइगर कपः न्यू डायमण्डसँग थाइल्याण्ड पराजित, पुलिस फाइनलमा प्रवेश






