चलचित्र ‘रोल नं. १’ को रिलिज डेट फाइनल, जेठ १५ मा हलमा

काठमाडौं । निर्माणाधीन चलचित्र ‘रोल नं. १’ ले आफ्नो प्रदर्शन मिति टुंग्याएको छ। निर्माण पक्षले वसन्तपञ्चमी तथा विद्याकी देवी सरस्वतीको पूजा गर्ने विशेष दिन पारेर चलचित्रको रिलिज मिति सार्वजनिक गरेको हो।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो चलचित्र आगामी वर्ष २०८३ जेठ १५ गते, अर्थात् गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउनेछ।
चलचित्रको मिति घोषणा पनि अर्थपूर्ण र फरक ढंगले गरिएको छ। चलचित्रका बाल–कलाकारहरू अध्ययनरत विद्यालय ‘पाथिक ज्ञान निकेतन’ पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो, जसले चलचित्रको कथावस्तुसँग पनि प्रत्यक्ष सम्बन्ध जोडेको देखिन्छ।
निर्माता विनोद पौडेलका अनुसार ‘रोल नं. १’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा समेत एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ। चलचित्रको अधिकांश छायांकन हिमाली जिल्ला म्याग्दीका सुन्दर ग्रामीण भू–भागमा गरिएको छ, जसले कथालाई अझै जीवन्त बनाउने अपेक्षा गरिएको छ।
जोन योञ्जनको निर्देशनमा तयार भइरहेको ‘रोल नं. १’ बाल मनोविज्ञानमा आधारित चलचित्र हो। यसअघि सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा कक्षाकोठाभित्र हात उठाएर उत्तर दिन खोजिरहेको एक बालकको दृश्यले शिक्षा प्रणालीभित्रको गहिरो यथार्थलाई संकेत गरेको थियो।
महेश दवाडीको लेखन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल–कलाकारतर्फ निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिनेछन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं हुन्।
शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, फिरोड खड्का प्रमुख सम्पादक, कला संग्रौलाको प्रोडक्सन डिजाइन तथा मनोज जोशी प्रोडक्सन हेडको जिम्मेवारीमा छन्। चलचित्रको सम्पादन मदन घिमिरेले गरेका छन्। चलचित्र ‘रोल नं. १’ लाई रिच इन्टरटेन्मेन्ट र जे.एम. सिनेमा मार्फत वितरण गरिनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









