माघ २३ देखि प्रदर्शनमा आउने फिल्म ‘रमिताको पिरती’ ट्रेलरपछि चर्चामा

काठमाडौं। आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । नेपाली फिल्ममा प्रायः लिड रोल अभिनेताको हुने गर्छ, तर यो फिल्मको कथा रमिता पात्रमा केन्द्रित छ ।
साँचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतारचढाव नै फिल्मको मुख्य विषय हो । फिल्ममा रमिताको भूमिका आना शर्माले निर्वाह गरेकी छिन् । उनीसँगै धिरज मगर र विनय श्रेष्ठको अभिनय रहेको छ । यही फिल्ममार्फत गायक समीर श्रेष्ठले पनि अभिनय यात्राको सुरुआत गरेका छन् । फिल्म यी तीन पात्रकै सेरोफेरोमा घुम्छ ।
फिल्ममा आना अभिनेत्री मात्र नभई कार्यकारी निर्माताको भूमिकामा पनि छिन् । महिला केन्द्रित फिल्ममा पहिलोपटक देखिएकी आनाले ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने भावनात्मक यात्राको कथा फिल्ममा रहेको बताइन् ।
‘रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ । फिल्म ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा मात्र होइन, आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो,’ आनाले भनिन् ।
उनले निर्देशक सुदिप्तासँग छ महिनासम्म पात्र विकासमा काम गरेको बताउँदै फिल्म रिलिज नजिकिँदै जाँदा उत्साहित रहेको उल्लेख गरिन् ।
फिल्मले विशेषगरी युवा पुस्ता र युवतीहरूलाई लक्षित गर्दै महत्वपूर्ण सन्देश दिने विश्वास आनाको छ ।
‘पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ,’ उनले भनिन् ।
सोसल मिडियाको प्रभाव, बाह्य स्वीकृतिको खोजी र त्यसले मानसिक अवस्थामा पार्ने असरलाई पनि फिल्मले चित्रण गरेको छ । रमिताको पात्र पनि एक चरणमा अरूको स्वीकृतिमा निर्भर देखिन्छ, जुन आजको पुस्तासँग गहिरो रूपमा सम्बन्धित रहेको निर्माण टिमको भनाइ छ ।
फिल्ममा समीर र आनाको प्रेम सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ, जसले प्रेमको सुरुआती चरण र पात्रहरूबीचको सम्बन्ध देखाउँछ ।
फिल्म ‘रमिताको पिरती’ आना शर्माका लागि तीन कारणले विशेष छ। पूर्ण रूपमा महिलाको कथा , महिला निर्देशकद्वारा लेखिएको र निर्देशित र पहिलोपटक कार्यकारी निर्माताको भूमिकाकाम गर्न पाएकी छन् ।
फिल्ममा सागर लम्साल निर्माता, सन्तोष लम्साल कार्यकारी निर्माता, आर।पी। प्रोडक्सन एसोसिएट निर्माता, र सुवास कोइराला सह(निर्माता तथा निर्देशक रहेका छन् ।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ ।
शिशिर विषंखे डीओपी, सुनिल सिवाकोटी सम्पादक, कपिल पराजुली कलरिस्ट, र कृतिका बराल कोरियोग्राफर हुन् ।
काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १९:३८ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १८:१८गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १४:३८न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा आयुर्वेद चिकित्सालय धादिङलाई ६८.४८ अंक








