दोहोरीगीत प्रतिष्ठानको राष्ट्रिय महाधिवेशन स्थगित

दोहोरीगीत प्रतिष्ठानको राष्ट्रिय महाधिवेशन स्थगित

काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै फागुन १, २ र ३ गते तय ९ औं महाधिवेशन स्थगित गरिएको जानकारी दिएको हो।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगद्वारा लागू गरिएको आचारसंहितालाई मध्यनजर गर्दै महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। महाधिवेशन महोत्तरी जिल्लाको बर्दिबासमा आयोजना गर्ने तयारी थियो।

प्रतिष्ठान अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताका कारण फागुन १, २ र ३ गते बर्दिबासमा तय गरिएको राष्ट्रिय महाधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ।’

निर्वाचनको मिति नजिकिएकाले र आचारसंहिताले ठूला भेला तथा कार्यक्रमहरूमा प्रभाव पार्ने देखिएकाले संस्थाले यो कदम चालेको हो। दोहोरीगीत प्रतिष्ठान देशभरका लोक तथा दोहोरी कलाकारहरूको छाता संस्था हो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र 'कुम्भ' को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   5   =