धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार अर्पण

नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना पुरस्कृत भएका हुन।
गण्डकी विश्व बिद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले उनीहरुलाई सम्म्मान गरेका हुन् । कार्यक्रममा बोल्दै उनले पुरस्कार राषि र आर्थिक दृष्टिले थोरै भए पनि पुरस्कारको गरिमा र यसले सामाजिक रुपमा पार्ने प्रभाव धेरै महत्वपूर्ण हुने उनले जनाए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुरस्कार दाता सुवर्ण कोइराला, पुरस्कृत बस्नेत र तिमिल्सिना, महासंघ कास्कीका सचिव भूपाल गुरुङ, पे्रस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कारको बारेमा चर्चा गरे ।
नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए ।
टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रहेको छ । हुनु भएको बस्नेत खेलाडीन्यूज डटकम र टक्सार म्यागाजिनमा आवद्ध छन् । २०६० सालमा नेपाल समाचारपत्रबाट पत्रकारिता सुरु गरेका उनले नागरिक दैनिकमा काम गरेको अनुभव छ ।
बस्नेतले यसअघि सहारा खेलकुद पुरस्कार २०६४ र जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकार पुरस्कार प्राप्त गरिसकेका छन् ।
अर्का सम्मानीत पत्रकार तिमिल्सिना एपिवान टिभी र क्लिक गण्डकीमा आवद्ध छन् । २०५९ सालदेखि समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिनाले पोखरा एफएम, रेडियो तरङ्ग, उज्यालो रेडियो नेटवर्क, विग एफएम, एभिन्यूज, सेतोपाटी, गनथन डटकममा काम गरिसकेका छन् ।
तिमिल्सिनाले यसअघि सहारा पत्रकारिता पुरस्कार, जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने खेलकुद अवार्ड र रेवान पोखराले प्रदान गर्ने पर्यटन पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20727, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२४१२ वर्षपछि सहाराको कमब्याक:२५औं आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारालाई
समाचार२०८२ फाल्गुन ८, शुक्रबार २२:५४शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त
समाचार२०८२ फाल्गुन ८, शुक्रबार १२:५७गण्डकी प्रदेशका ५५ उत्कृष्ट ग्रामीण उद्यमीका लागि नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न
समाचार२०८२ फाल्गुन ७, बिहीबार २१:४६जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग







