निर्वाचनलाई मध्यनजर गर्दै काउन्सिलद्वारा आचारसंहितामा छलफल

काठमाडौँ, १५ ।
‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी बुधबार प्रेस काउन्सिलले उक्त छलफल कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिलले स्वच्छ, निष्पक्ष र स्वतन्त्र भई काम गरिरहेको बताउनु भएको छ । काउन्सिलले पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै आगामी दिनमा थप सुधारोन्मुख भई आफ्नो जिम्मेवारी पूरा गर्ने अध्यक्ष आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उहाँले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूले दिएका सुझावहरुलाई पालना गरी काउन्सिललाई सुधारोन्मूख गर्दै अगाडी लैजाने बताउनुभयोे ।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, निर्वाचन आयोग, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिलका बोर्ड सदस्यहरु, सदस्यहरु तथा अधिकारीहरु सहित विभिन्न अनलाइन मिडियाका सम्पादकहरुको सहभागिता रहेको थियो ।
यसैक्रममा आसन्न प्रतिनिधिसभाको निर्वाचनको समय रहेको वर्तमान अवस्थामा पत्रकारले पत्रकार र निर्वाचन आचारसंहितामैत्री भई सूचना सम्प्रेषण गर्नुपर्ने जोड दिदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले समाचार सम्प्रेषण गर्दा पत्रकार र निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाचार सम्प्रेषण गर्दा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पत्रकारको कर्तव्य भएको उल्लेख गर्दै पत्रकारले सन्तुलित एवम् सत्यतथ्य सूचना प्रवाह गरी निर्वाचलाई सफल बनाउँन भूमिका खेल्नुपर्ने बताउँनुयो ।
कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा काउन्सिलका सदस्य सचिव छवीन्द्र पराजुलीले सञ्चार माध्यम सूचना प्रवाहको संवाहक भएको बताउँदै सही र सत्य समाचार सम्प्रेषण गरी पत्रकारिताको व्यवसायिक धर्म निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले छापा सञ्चार माध्यमका सामग्रीका पछिल्ला प्रवृत्ति र काउन्सिलमा परेका उजुरीबारे जानकारी गराउँदै गराउनु भयो । यस्तै उहाँले अनलाइन सञ्चार माध्यमहरुको स्वअनुगमन गर्दा पछिल्लो समय चरित्रहत्या, भ्रामक, घृणात्मक अभिव्यक्ति तथा एकपक्षीय समाचारलगायतका समाचारीय सामग्रीहरु सम्प्रेषण गर्ने प्रवृति बढिरहेको र सोही विषयमा सबैभन्दा बढी उजुरीहरु आइरहेको कार्यक्रममा जानकारी गराउनु भएको छ । वरिष्ठ प्रशासकीय अधिकृत खनालले काउन्सिलले मिडियालाई मात्र नभई मिडियाको सामाजिक संजालको पनि नियमन, अनुगमन भइरहेको र कतिपय अवस्थमा सामाजिक सञ्जालमा एकदमै भाइरल भएका सामग्रीहरु पनि अनुगमन भइहरेको जानकारी गराउनभयो ।

कार्यक्रममा जसनेपाल डटकमका सम्पादक अरुण बरालले पछिल्लो समय पत्रकारहरुले व्यक्तिगत सोसल मिडियाको अकाउन्टबाट आचारसंहिता विपरितका सामग्रीहरु राख्ने गरेको हुँदा पत्रकारहरुको सामाजिक सञ्जाललाई पनि नियमन र अनुगमन गर्नुपर्ने बताउनु भएको छ ।
लोकान्तर डटकमका सम्पादक बिमल गौतमले निर्वाचन आचारसंहिता र प्रेस काउन्सिलले खेल्नुपर्ने भूमिका लगभग मिल्ने बताउँदै काउन्सिलले सिंगो मिडिया क्षेत्रको विश्वसनियताको लागि काम गर्नूपर्ने भन्दै काउन्सिलले पत्रकारहरुको लाइसेन्स सिस्टमको प्रारम्भ गर्नुपर्ने, अनलाइन सञ्चार माध्यमको वर्गीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै पत्रकार महासंघको सचिव प्रकाश धौलकोटीले काठमाडौं भन्दा पनि काठमाडौं बाहिरका पत्रकारहरुले प्रायः आचारसंहिता पालना नगरेको यसमा पनि सामाजिक सञ्जालहरु हेरिनसक्नु अवस्थामा रहेका बताउँदै यसतर्फ काउन्सिलको ध्यानाकर्षण गराउनु भएको छ । गोरखापत्र अनलाइनका लक्की चौधरीले पछिल्लो समय अनलाइन मिडियाहरुले अत्याधिक मात्रामा पोष्ट डिलिट गर्ने गरेको प्रवृति बढिरहेकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

उक्त कार्यक्रममा काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले सामाजिक सञ्जालसम्बन्धी अनुगमन र उजुरी प्रकृयाबारे जानकारी दिदै आचारसंहिताका विषय र पछिल्ला प्रवृत्तिबारे जानकारी गराउनुभएको थियो । काउन्सिलले मंगलबारमात्रै छापा माध्यमका सम्पादकहरूसँग पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिकामा केन्द्रित रहेर छलफल गरेकोमा सम्बन्धित अन्य सरोकारवालसँग पनि यसै सन्दर्भमा छलफल गर्दै जाने जनाएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/01/29/11460/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ८, शुक्रबार २२:५४शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त
समाचार२०८२ फाल्गुन ८, शुक्रबार १२:५७गण्डकी प्रदेशका ५५ उत्कृष्ट ग्रामीण उद्यमीका लागि नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न
समाचार२०८२ फाल्गुन ७, बिहीबार २१:४६जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग
समाचार२०८२ फाल्गुन ७, बिहीबार २०:३२आहा रारा पोखरा गोल्डकप: जावलाखेल १४ वर्षपछि फाइनलमा, अब सहारासँग भिड्ने






