विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा

काठमाडौँ- नेपालमा पहिलोपटक यही माघ २३ देखि आगामी फागुन ४ गतेसम्म ‘विश्वमेध महायज्ञ’ आयोजना गरिने भएको छ । मुलुकको शान्ति, समृद्धि र जनकल्याणको पावन उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको श्रीविद्या साधक परिवार, नेपालले जनाएको छ ।
परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजको सत्सङ्कल्पमा यही माघ २३ गतेदेखि पाशुपत क्षेत्रमा ११ दिने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको महायज्ञ आयोजक समितिका सदस्य गोपाल कोइरालाले राससलाई जानकारी दिनुभयो ।
मुलुकमा शान्ति, समृद्धि तथा जनकल्याणको उद्देश्यले महायज्ञ आयोजना गरिएको श्रीविद्या साधक परिवारले जनाएको छ । पशुपति क्षेत्रको वनकालीमा महायज्ञको सबै तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








