नेपालको उच्च शिक्षा विश्व प्रतिस्पर्धातर्फ लैजाने विषयमा पोखरामा अन्तर्राष्ट्रिय बहस

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस, पोखराले नेपालको उच्च शिक्षा प्रणालीलाई विश्व प्रतिस्पर्धी बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ।
विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको सहयोगमा आगामी २०८२ चैत १२, १३ र १४ गते (मार्च २६–२८, २०२६) पोखरामा “नेपालमा उच्च शिक्षाको रूपान्तरणः विश्व प्रतिस्पर्धातर्फका मार्गहरू” विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।
क्याम्पस प्रमुख तथा सम्मेलन आयोजक समितिका अध्यक्ष कृष्णबाबु बरालले सम्मेलनमा नेपाल, भारत, चीन, थाइल्याण्ड र बंगलादेशका ख्यातिप्राप्त शिक्षाविद्हरूले कीनोट स्पिकरका रूपमा सम्बोधन गर्ने बताए । उनीहरूले विश्व उच्च शिक्षाका नवीन अभ्यासलाई नेपाली सन्दर्भमा कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्नेछन्।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताबाट ५० भन्दा बढी समिक्षित अनुसन्धानपत्र प्रस्तुत हुनेछन्। ती अनुसन्धानपत्रहरू गुणस्तर प्रत्यायन, डिजिटल रूपान्तरण, शैक्षिक सुशासन, संस्थागत स्वायत्तता र दिगो विकास लक्ष्यजस्ता विषयमा केन्द्रित रहने विद्यालय सञ्चालक समिति अध्यक्ष राजेन्द्र पहारीले बताए।
उच्च शिक्षाका नीतिगत चुनौती र सुधारका उपाय पहिचान गर्न दुईवटा उच्चस्तरीय प्यानल छलफल पनि आयोजना गरिने सहायक क्याम्पस प्रमुख नवीन खनालले जानकारी दिए।
सम्मेलनले पोखरालाई पर्यटनसँगै शैक्षिक तथा अनुसन्धान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20783, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार १४:५९गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ बैशाख ६, आईतवार २२:२९नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी
समाचार२०८३ बैशाख ६, आईतवार १३:०३लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला नियन्त्रणमा
समाचार२०८३ बैशाख ६, आईतवार १२:४६बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास







