आज नेपाल बङ्गालादेशसँग खेल्दै « रिपोर्टर्स नेपाल

कास्की, माघ २१। दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु १९ महिला फुटबलमा नेपालले आज बङ्गालादेशसँग खेल्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा नेपाल र बङ्गगालादेशको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ । भारत र भुटानको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । ४ टोली सहभागी खेलमा बङ्गालादेश २ खेलमा जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा छ । बङ्गालादेशले भुटानलाई १२–० र भातलाई २–० गोलले पराजित गरेको हो ।
नेपालले एकमा हार र एकमा जितसहित ३ अंक, भारत पनि एकमा जित र एकमा हारसहित ३ अंक छ । नेपाल भारतसँग १–० ले पराजित भएको हो भने भुटानलाई २–१ ले पराजित गरेको हो । भारत बङ्गालादेशसँग २–० ले पराजित भएको थियो । २ खेलमा हारेको भुटान अंकरहित छ । नेपाल फाइनल जानको लागि आजको खेल जित्नै पर्ने दबाब छ ।
आफ्ना दुई खेलमा जित निकालेको बलियो टिम बंगलादेशलाई हराउन नेपाल कडा परिश्रम गर्नुपर्नेछ । कमजोर मानिएको भुटान २ खेलमा पराजित छ । ४ टोली सहभागी फुटलबलमा सबैले एक अर्कासँग खेल्नुपर्नेछ । साफ फुटबल माघ २४ गतेसम्म चल्नेछ । सिङ्गल राउन्ड रोबिन लिगपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टिमबिच फाइनल हुने प्रावधान छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २८, मंगलवार ०८:०२धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा
खेलकुद२०८२ माघ २८, मंगलवार ०७:३९इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपः लखनउ र डडेल्धुरा सेमिफाइनलमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ०७:१२पोखरा, काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य « रिपोर्टर्स नेपाल
समाचार२०८२ माघ २८, मंगलवार ०६:०२कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती








