युनाईटेड क्लब पोखराद्वारा अमरसिंह माविमा डिजिटल स्मार्टबोर्ड प्रदान

पोखरा ।
युनाईटेड क्लब पोखराले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । पोखराको अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वन संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लब पोखराले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य अनुरुप दुई थान डिजिटल स्मार्टबोर्ड प्रदान गरेको हो ।
सो अवसरमा वोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखिनै अमरसिंह मावि संग सहकार्य गरि अमरसिंह खेल मैदानमा पोखरा महोत्सवको आयोजना गरि विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको बताए ।
१४ औं पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न गरेको एक हप्तामै पुन अमरसिंह माविमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री हस्तान्तरण गर्न पाउदा खुसी लागेको बताउदै युनाईटेड क्लबले शिक्षा क्षेत्रमा एक उदाहरणीय काम गर्न लागेको बताए । युनाईटेड क्लबको पहलमा पोखरामा खुल्ला चिडियाखाना निर्माणको काम शुरु भइसकेको बताउदै त्यसको सम्पूर्ण जिम्मा हाल गण्डकी प्रदेश सरकारले लिइ काम अगाडी बढिरहेको समेत बताए ।
१३ औं संस्करणको पोखरा महोत्सवको समापन संगै १४ औं पोखरा महोत्सव सम्म आइपुग्दा युनाईटेड क्लबले लेखनाथको अर्चलेमा आफ्नै जग्गामा ४० लाखको लागतमा युनाईटेड छात्राबासको काम शुरु गरिसकेको र छिट्टै नै त्यसलाई सञ्चालनमा ल्याइने बताउदै श्रेष्ठले त्यसका लागि कुनैपनि दातृ निकाय संग सहयोग नलिएको समेत बताए । युनाईटेड क्लबले पोखरा महोत्सवकै आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन पर्वद्र्वन संगै सेती नदी संरक्षणमा लागिरहेको श्रेष्ठको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै अमरसिंह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले युनाईटेड क्लब पोखरा र अमरसिंह मावि बीच नङ र मासु बिचको सम्बन्ध जस्तै सम्बन्ध रहेको बताए ।
युनाईटेड क्लबले अमरसिंह मावि संगको सहकार्यमा पोखरा महोत्सव सञ्चालन गरी विभिन्न सामाजिक कामहरु गर्दै हरेक बर्ष अमरसिंह माविको शैक्षिक स्तरोन्नतीका लाथि आर्थिक, नैतिक र भौतिक सहयोग गरेको बताए । जस अनुरुप १४ औं संस्करणको पोखरा महोत्सव सम्पन्न हुनासाथ विद्यार्थीहरुको आवश्यक्तालाई मध्येनजर गरी दुई थान आधुनिक स्मार्ट बोर्ड हस्तान्तरण गरेकोमा युनाईटेड क्लब परिवार प्रति धन्यवाद ब्यक्त गरे ।
सो अवसरमा वोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लब र अमरसिंह माविको सहकार्यमा पोखरा महोत्सव १४ औं संस्करण सम्म आइपुगेको बताए । अमरसिंह माविको साथकै कारण १४ औं पोखरा महोत्सव सम्म सञ्चालित सम्पूर्ण महोत्सव सभ्य र भब्य ढंगले सम्पन्न भएको र आगामी महोत्सवहरु समेत भब्य र सभ्य रुपमा सम्पन्न हुने उनको भनाइ रहेको थियो ।
युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सवको आम्दानीबाट युनाईटेड क्बले दर्जन बढी विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना संगै अमरसिंह माविमा अध्ययनर विद्यार्थीहरुलाई आर्थिक सहयोग समेत गर्दै हरेक महोत्सवमा विद्यालयलाई सहयोग गर्दै आइरहदा यो पटक विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड वितरण गरिएको बताए ।
क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्यहरु विष्णु कुमार गुरुङ, पूर्ण कुमार श्रेष्ठ, बिजय कार्की, बुद्ध कार्की, सल्लाहकार रमेश बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20795, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २१:४६साेमबार राति १२ बजेपछि मौन अवधि सुरु, यी काम गर्न पाइँदैन
समाचार२०८२ फाल्गुन १७, आईतवार १९:३२मौन अवधिमा सञ्चार माध्यमको दायित्व झन् बढीः सरोकारवाला
समाचार२०८२ फाल्गुन १७, आईतवार १५:३८कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्ने
समाचार२०८२ फाल्गुन १७, आईतवार १३:४९इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा







