निश्चल बस्नेतको ‘दिमाग खराब’ अब युट्युब

निश्चल बस्नेतको ‘दिमाग खराब’ अब युट्युब

काठमाडौँ। निर्देशक निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ अब युट्युबमार्फत दर्शकमाझ पुगेको छ। शुक्रबार ओएसआर मुभिजको आधिकारिक च्यानलबाट फिल्म निःशुल्क रूपमा सार्वजनिक गरिएको हो।

सामाजिक विषयवस्तुमा आधारित यो चलचित्र करिब दुई वर्षअघि हलमा प्रदर्शनमा आएको थियो। प्रदर्शनका क्रममा यसले बक्स अफिसमा १० करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो भने समीक्षकबाट समेत सकारात्मक प्रतिक्रिया पाएको थियो।

फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, निश्चल बस्नेत, अर्पण थापा, विजय बराल र सुमन कार्की लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।

‘दिमाग खराब’ ले व्यवस्थागत विसंगति, भ्रष्टाचार र सामाजिक दबाबबीच संघर्षरत एक सामान्य नागरिकको मनोवैज्ञानिक अवस्थालाई चित्रण गर्छ। अधिकारको खोजीमा उठेको आवाजले निम्त्याउने परिणाम र त्यसले समाजमा पार्ने प्रभावलाई चलचित्रले मुख्य कथावस्तु बनाएको छ। फिल्मका निर्माता रौनक विक्रम कंडेल हुन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   3   =  

Protected by Spam Master