सल्यानटारमा घलेको प्रतिवद्धता : व्यवस्थित बस्ती, स्वास्थ्य र शिक्षामा प्राथमिकता

धादिङबेशी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले धादिङ क्षेत्र नं. २ का उम्मेदवार धनबहादुर घले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ अन्तर्गत सल्यानटारका विभिन्न बस्तीमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना विकास प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ ।
मतदातासँगको भेटघाटमा उम्मेदवार घलेले बुढीगण्डकी जलविद्युत परियोजनाबाट विस्थापित नागरिकको व्यवस्थित बस्ती विकास, सडक, खानेपानी तथा शिक्षालाई प्राथमिकतामा राखेर स्पष्ट नीति र योजनासहित विकास अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नति गर्दै सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्न पहल गर्ने उहाँको भनाइ छ । साथै, बुढीगण्डकी जलविद्युत परियोजना तत्काल सुरु गराउन दबाब दिने, परियोजनाबाट विस्थापित नागरिकको पुनःस्थापना तथा बस्ती विकासका विषयमा निरन्तर पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
उम्मेदवार घलेले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ अन्तर्गतका छापगाउँ, बेलगाउँ, बौसा गाउँ, ठुलोगाउँ, सानागाउँ, देविथान, सिकटार लगायतका स्थानमा पुगेर मतदाताका गुनासा सुन्नुका साथै सुझाव संकलन र छलफल गर्दै आफ्ना योजनाबारे जानकारी गराउनुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०६:४८मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध







