नीलकण्ठ–७, ८ र ९ मा नेकपाका उम्मेद्वार रामबहादुर भण्डारीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

धादिङबेशी । नेकपाबाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीले नीलकण्ठ नगरपालिका वडा न ७, ८ र ९ का विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नु भएको छ ।
उम्मेदवार भण्डारीसँगै कार्यक्रममा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक तथा पार्टीका केन्द्रीय सदस्य जगत सिंखडा, नेकपा धादिङका संयोजक तथा केन्द्रीय सदस्य मनराज भण्डारी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार इन्दिरा ढुङ्गानालगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
मतदाता भेटघाट कार्यक्रम आज बिहान ससाह देउरालीबाट सुरु भई क्रमशः ज्यामिरे, रामकोट हटिया, टार गाउँ, मुरलीभञ्ज्याङ, ज्यामिरे हटिया, काफलपान हुँदै अगाडि बढेको थियो । त्यसपछि नीलकण्ठ नगरपालिका–७ अन्तर्गत सुकौराबेसी, मस्र्याङछाप, तारुखर्क, हिटी हुँदै ताल्लबोसीसम्म कार्यक्रम सञ्चालन गरिएको जिल्ला संयोजक मनराज भण्डारीले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनुभयो ।
स्थानीय बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार भण्डारीले आफ्ना एजेन्डा, प्रतिबद्धता तथा विकास योजनाबारे जानकारी गराउँदै जनसमर्थन जुटाइरहनु भएको छ । स्थानीय समस्याको समाधान र क्षेत्रको दिगो विकास नै आफ्नो प्राथमिकता रहेको उम्मेद्वार भण्डारीले बताउनु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








