रवि-बालेन एकता रहरको होइन,अरूले कसैले गराइदिएका हुन्- काँग्रेस प्रवक्ता

काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले रास्वपा सभापति रवि लामिछाने र बलेन्द्र शाह बीचको एकता उहाँहरुको आफ्नो इच्छा आवश्यक्ता भन्दापनि कसैले गराइदिएका धारणा राख्नु भएको छ ।
बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले वालेन – रवि गठबन्धन स्व -स्फुर्त नभएको टिप्पणी गर्नु भएको हो ।
प्रवक्ता चालिसेले लामिछाने र बालेको सहकार्य लामो नटिक्ने पनि जिकिर गर्नु भयो ।
उहाँहरुको गठबन्धन रहरले बनेको गठवन्धन होइन ‘यो त गराइएको गठनवन्धन हो । धेरै समय टिक्ने पनि देखिदैन । उहाँहरु गठबन्धन गर्नु दुई दिन अघिका उहाँहरुको अभिव्यक्ति हेर्यो भने प्रष्ट हुन्छ । त्यसैले यो कसैले बनाइदिएको गठबन्धनको भर छैन, केही समयमै देखिहाल्छौं।” चालिसेले भन्नु भयो
सहकारी ठगी लगायतका विभिन्न प्रकरणमा पर्नु भएको रविको क्रेज घट्दै गएपछि पार्टीको साख जोगाउनको लागि मात्रै बालेनलाई पार्टीमा भित्र्याएको उहाँको भनाइ थियो ।
चालिसेले अहिलेको निर्वाचन राष्ट्रपतीय प्रणालीजस्तो देखिएको भन्दै भावि प्रधानमन्त्रीका रुपमा काँग्रेसले अघि सारेको सभापति गगन थापासँग र रास्वपाका वरिष्ठ नेता बालेनको कुनै तुलना हुन नसक्ने बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








