‘आ बाट आमा’को कभर सङ प्रतियोगिता बर्दियाका दिप्सु परियारले जिते ५१ हजार

‘आ बाट आमा’को कभर सङ प्रतियोगिता बर्दियाका दिप्सु परियारले जिते ५१ हजार

काठमाडौं । चलचित्र ‘आ बाट आमा’को चर्चित शीर्ष गीत ‘लैजा खबर ए हावा’ मा आधारित कभर सङ प्रतियोगितामा बर्दियाका दिप्सु परियार विजेता बनेका छन्। उनले नगद ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

उक्त पुरस्कार निर्देशक चन्द्र पन्त, अभिनेता पल शाह, अभिनेत्री उषा उप्रेती र सिम्रन पन्तले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। निर्देशक पन्तले घोषणा अनुसार नै विजेतालाई नगद ५१ हजार रुपैयाँ प्रदान गरिएको जानकारी दिए। “हामीले पूर्वघोषणा अनुसार नै हाम्रो टिमका तर्फबाट उहाँलाई ५१ हजार नगद पुरस्कार प्रदान गरेका हौँ,” उनले भने।

एक महिनाअघि ‘आ बाट आमा’ निर्माण टिमले ‘लैजा खबर ए हावा’ गीतमा आधारित कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको थियो। सहभागीहरूले तयार पारेका भिडियोहरू माघ १२ गतेभित्र टिकटकमार्फत अपलोड गर्नुपर्ने प्रावधान थियो। सोही प्रक्रिया अनुसार उत्कृष्ट प्रस्तुति दिँदै दिप्सुले पुरस्कार हात पारेका हुन्।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘आ बाट आमा’ यतिबेला चर्चामा रहेको छ। निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा तयार भएको यस चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। माघ १६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले उल्लेखनीय व्यापार गर्दै सफलताको यात्रा जारी राखेको निर्माण टिमले जनाएको छ।

कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता करण सिंह रसाली हुन्। आरआर फिल्म्सले वितरण गरेको यस चलचित्रको डिजिटल अधिकार ओएसआरसँग रहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   6   =  

Protected by Spam Master