‘बिगुल’ : जनतालाई राजनीतिबारे सचेत बनाउने सन्देश बोकेको फिल्म

‘बिगुल’ : जनतालाई राजनीतिबारे सचेत बनाउने सन्देश बोकेको फिल्म

पाेखरा । शुक्रबारदेखि प्रदर्शनमा आएकाे नेपाली फिल्म ‘बिगुल’ ले जनतालाई राजनीतिबारे सचेत बनाउन र सुशासनको पक्षमा आवाज उठाउन मुख्य सन्देश बोकेको छ।

चुनावी माहोल र देशमा देखिएको राजनीतिक बहसबीच सार्वजनिक भएकाे यो फिल्मले राज्यका शासकको गलत निर्णयले परिवार, समाज र सिंगो देशमा पार्ने प्रभावलाई कथामार्फत प्रस्तुत गरेको छ ।

दिनेश कोइरालाकाे निर्माता तथा लेखनमा बनेकाे फिल्म गत भदौ २३ गते भएको जेन–जी आन्दोलनको मर्म र म्यान्डेटसँग मेल खाएकाे छ । ।

फिल्म राज्यले गल्ती गर्दा देशले भोग्नुपर्ने नकारात्मक असर देखाउँदै त्यसको समाधानका लागि युवा र महिलाको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

बाबु–छोरीको सम्बन्धबाट सुरु कथाले अन्ततः राष्ट्रिय हित, लोकतन्त्रको सुदृढीकरण र जिम्मेवार नागरिकको आवश्यकता औंल्याएकाे छ । राजनीति केवल नेताको विषय नभई हरेक नागरिकको सरोकार हो भन्ने सन्देश फिल्मले दिन खोजेको छ।

फिल्ममा नरेन्द्र खड्का र बेनिशा हमाल मुख्य भूमिकामा छन् भने निर शाह, विनोद न्यौपाने, रमेश बुढाथोकी, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मिरा पण्डित (डेब्यू) र मानु श्री शर्मा (डेब्यू)को अभिनय रहेको छ।

यसरी ‘बिगुल’ले मनोरञ्जनसँगै राजनीतिक चेतना जगाउने उद्देश्य राख्दै दर्शकलाई सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20877, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   4   =  

Protected by Spam Master