धन बहादुर गुरुङ सांगीतिक साँझको भव्य तयारी

पोखरा।
पोखरा रंगशालामा फागुन ८ गते हुने ‘धन बहादुर गुरुङ साँझ २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा हुने कार्यक्रमको ९५ प्रतिशत तयारी पुरा भएको आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
गायक धन बहादुर गुरुङको सम्मान र ‘तमु (गुरुङ) कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने कार्यक्रमको तयारी भव्य भइरहेको तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । कार्यक्रममा स्रष्टा गुरुङका वि.सं. २०४५ देखि हालसम्मका चर्चित एवं कालजयी गीतहरू गुञ्जने उनले बताए ।
५ हजारभन्दा बढी गीतमा स्वर, शब्द र संगीत दिएर नेपाली कला क्षेत्रमा अतुलनीय योगदान पु¥याएका स्रष्टा धनबहादुरर गुरुङलाई आयोजकले सम्मान पनि गर्नेछ । स्रष्टा गुरुङलाई नगद १ लाख ५१ हजार रुपैयाँ र सम्मान पत्रसहित विशेष सम्मान गरिने कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिए ।
गुरुङको ताङतिङैको मेलैमा, आयादो ठागु, माया पिरती, छ्याँबाह्रानी ङोल्स्यो, खो रिमै थुमै, ख्वालबै माया, क्यदे थुलेन दुख मुना, बर्खे खजे लगायत लगायत गीत चर्चामा छन् ।
सांगीतिक साँझलाई भव्य बनाउन भारत सिक्किमका पूर्व मन्त्री तथा पूर्व विधयेक संघ सिक्किमका अध्यक्ष गर्जमान गुरुङको विशिष्ट आतिथ्यता रहने संयोजक गुरुङले बताए ।
सांगितिक साँझमा स्रष्टा गुरुङलाई विष्णु गुरुङ, उमा गुरुङ, माया गुरुङ, रोशन गुरुङ, डबिन गुरुङ, राज बहादुर गुरुङ लगायतका स्थापित कलाकारहरुले साथ दिनेछन् ।
गायनका साथै हिमाली सांस्कृतिक परिवार, तरेली सांस्कृतिक परिवार, तमु प्हे प्हु संघ केन्द्रीय युवा समिति, अनुशीलन कला पाठशाला, तमु धिं केन्द्रीय युवा समिति, नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धिं र नाल्मा गाउँ, लमजुङलगायतका विभिन्न संघ–संस्थाहरुको प्रस्तुती पनि रहनेछ ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट हालसम्म करिब ३३ लाख ७ सय ५५ रुपैयाँ संकलन भइसकेको संयोजक गुरुङले जानकारी दिए । कार्यक्रम सम्पन्नसम्म ४० लाख रुपैयाँ आम्दानी हुने आयोजकको आंकलन छ । त्यसबाट करिब १५ देखि २० लाख रुपैयाँ बचत हुने लक्ष्य राखिएको छ ।
कार्यक्रमबाट बचत भएको बचत रकम कलाकारहरूको हितका लागि कल्याणकारी कोषमा जम्मा गरिने कार्यक्रम संयोजक गुरुङले बताए ।
टिकट व्यवस्थापनका सम्बन्धमा संस्थाका उपाध्यक्ष टसबहादुर गुरुङका अनुसार हालसम्म ८ हजार २ सय ८३ थान टिकट बिक्रीका लागि बजारमा पठाइसकिएको छ । कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खा र काठमाडौँ लगायतका क्षेत्रबाट समेत ठुलो संख्यामा दर्शकहरू आउने अपेक्षा गरिएको छ।
टाढाबाट आउने दर्शकहरूको सुविधाका लागि आयोजकले कार्यक्रम स्थलबाट काहुँखोला, छोरेपाटन, सैनिकबस्ती लेखनाथ र लामाचौर हुँदै महेन्द्र गुफासम्म पुग्ने निःशुल्क बस सेवाको समेत व्यवस्था गरेको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय,गण्डकी, पर्यटन तथा उद्योग मन्त्रालय, गण्डकी र गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रवद्र्धनमा हुन लागेको कार्यक्रमको मुख्य सहकार्यमा नाल्मा तमु समाज पोखरा रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20913, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ६, बुधबार १४:१७धन बहादुर गुरुङ सांगीतिक साँझको भव्य तयारी
समाचार२०८२ फाल्गुन ६, बुधबार ०७:५९सुशासन, पूर्वाधार र पर्यटन विकास एमाले कास्की–३ को प्राथमिकतामा
समाचार२०८२ फाल्गुन ५, मंगलवार १८:५५प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकिस्तानी टोलि आभा सेमिफाइनलमा
समाचार२०८२ फाल्गुन ५, मंगलवार १५:२५एमाले कास्की–२ को प्रतिबद्धता पत्र सार्वजनिक,सुशासन र भ्रष्टाचार नियन्त्रणमार्फत कास्कीको समृद्धि मुख्य एजेन्डा






