‘कार्की साइँला’ मा जितुको जोडी बन्दै प्रियना

‘कार्की साइँला’ मा जितुको जोडी बन्दै प्रियना

काठमाडौं। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्की साइँला’मा अभिनेत्री प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई औपचारिक रूपमा अनुबन्ध गरेसँगै फिल्मको छायांकन तयारी तीव्र बनाइएको छ।

फिल्ममा अब अभिनेत्री आचार्य, अभिनेता जितु नेपालको जोडीका रूपमा देखिनेछिन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन पूर्वी जिल्ला धनकुटाका विभिन्न स्थानमा गरिनेछ। निर्देशक बस्नेतले कथाले मागेअनुसार उपयुक्त कलाकार चयन गरिएको बताउँदै थप जानकारी केही दिनमै सार्वजनिक गरिने जानकारी दिएका छन्।

फिल्ममा जितु नेपाल र प्रियना आचार्यका अलावा सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्सी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटालगायत कलाकारहरूको अभिनय रहनेछ।

कर्णबहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता बालकुमार राई हुन् भने प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ रहेका छन्। मुख्य सहायक निर्देशक रोजल थापा, छायांकन डम्बर राई, द्वन्द निर्देशन किरण दाहाल, संगीत दिप्सन लिम्बु तथा प्रोडक्सन सिबी भण्डारीले सम्हाल्ने जनाइएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   4   =  

Protected by Spam Master