नेपालमै पहिलो पटक १ करोड सब्स्क्राइबर पार गर्दै ओएसआर डिजिटललाई डायमण्ड प्ले बटन

काठमाडौं । नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ इतिहास रच्दै ओएसआर डिजिटलले १ करोड (१० मिलियन) सब्स्क्राइबर पार गरेर मुभी र म्युजिक इन्टरटेन्टमेन्ट अन्तर्गत यु ट्युवबाट डायमण्ड प्ले बटन प्राप्त गर्ने नेपालकै पहिलो च्यानल बनेको छ।
व्यावसायिक र आधिकारिक सामग्री उत्पादन तथा वितरण गर्दै आएको ओएसआर डिजिटलले २५ वर्ष लामो यात्रामा भीसीडी र डीभीडीको युगदेखि डिजिटल प्लेटफर्मसम्मको रूपान्तरण पार गरेको छ। हालै १ करोड सब्स्क्राइबर पूरा गर्दै च्यानलले नेपाली चलचित्र र गीत–संगीत सामग्रीलाई विश्वभर पुर्याउने डिजिटल अभियानलाई थप मजबुत बनाएको छ।
यो उपलब्धि केवल एउटा अवार्डमा सीमित नभई नेपाली मनोरञ्जन उद्योगको अन्तर्राष्ट्रिय पहिचान र डिजिटल प्रभावको सशक्त प्रमाणका रूपमा हेरिएको छ।
उक्त अवसरमा प्रबन्ध निर्देशक ओम अग्रवालले सम्पूर्ण दर्शक, कलाकार, संगीतकर्मी तथा टिमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ परिष्कृत, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका सामग्री ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले भने, “तपाईंहरूको हरेक भ्यु, लाइक र कमेन्ट नै हाम्रो ऊर्जा हो। दर्शकहरूको साथ र सहयोगले आज यो यात्रालाई विशाल परिवारमा रूपान्तरण गरेको छ।”
ओएसआर डिजिटलले नेपाली चलचित्र, गीत–संगीत, वेब सिरिज तथा विविध मनोरञ्जनात्मक सामग्री नियमित रूपमा सार्वजनिक गर्दै डिजिटल बजारमा आफ्नो पकड बलियो बनाएको छ। कम्पनीले अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गर्दै सामग्री विस्तार गर्ने योजना पनि अघि सारेको जनाएको छ।
यसका साथै, ओएसआर डिजिटलका सहायक च्यानलहरू OSR Reality र OSR Movies समेत सक्रिय रूपमा सञ्चालनमा छन्।
यस ऐतिहासिक सफलतासँगै सम्पूर्ण ओएसआर टिमलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ ठूलो सफलताको शुभकामना।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









